काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ। देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।
विजयी हुने क्रममा बाजुरा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस पार्टीका प्रतिनिधि सभाका उम्मेदवार जनकराज गिरी १७,१७३ मतका साथ विजय भएका छन्।
उनका निकटम प्रतिद्धन्दी नेकपा एमाले पार्टीका उम्मेदवार लालबहादुर थापाले १६,६३३ मत प्राप्त गरेका छन् भने ६,०३५ मत सहित तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापा रहेका छन्।


