काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ। देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।
विजयी हुने क्रममा बैतडी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका उम्मेदवार हरिमोहन भण्डारी २२,१३४ मतका साथ विजय भएका छन्।
उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्द १८,१९४ मत प्राप्त गरेका छन् भने १७,०९१ मत सहित तेस्रो स्थानमा नेकपा एमालेका दामोदर भण्डारी रहेका छन्।


