भेगीगांगामा अपांगता भएका व्यक्तिहरूलाई एनएमबि बैंकको सहयोगमा सहायता सामाग्री वितरण
काठमाडौँ । एनएमबि बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको भेरिगङ्गा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको बताइएको छ ।
एनएमबि बैंकले सामाजिक विकास मन्त्रालयको आयोजना तथा करुणा फाउन्डेसन र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको सहकार्यमा सञ्चालन गरिएको “अपाङ्गता रूपान्तरण तथा पुनस्र्थापना साझेदारी कार्यक्रम” अन्तर्गत ह्वीलचेयर, एल्बो क्रचेस र अन्य सामग्रीहरु वितरण गरिएको जनाएको छ ।
बैकका अनुसार ’कार्यक्रम भेरिगङ्गा नगरपालिकाका नगर प्रमुख श्री यज्ञ प्रसाद ढकालको अध्यक्षता तथा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय श्री घनश्याम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नगर उपप्रमुख अनसरा बोहरा, एनएमबि बैंकका लुम्बिनी प्रदेशका एरिया म्यानेजर रमेश रेग्मी, सुर्खेत शाखाका शाखा प्रबन्धकसुमन सुबेदी लगायतको उपस्थिति रहेको जनाइएको छ ।
उक्त कार्यक्रमका लागि एनएमबिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु ५ लाख सहयोग प्रदान गरेको बताएको छ । एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८४ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको जनाएको छ ।
सम्बन्धित समाचार
नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सको लगानी
एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग
भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई राहत प्याकेज, नाडाद्वारा स्वागत
सुन–चाँदीको मूल्य उकालो, सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो
आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
यामाहा ब्लू स्ट्रीक्सद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

