राष्ट्र बैंकद्वारा ४० अर्ब निक्षेप संकलन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारमा देखिएको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।
बैंकको मौद्रिक व्यवस्थापन विभागले ५६ दिन अवधिको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको हो, जसको अन्तिम समय आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (OBSS) मार्फत तोकिएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
बोलकबोलमार्फत निर्धारण हुने ब्याजदरका आधारमा रकम बाँडफाँड गरिनेछ, जहाँ न्यूनतम १० करोड रुपैयाँदेखि ५ करोडको गुणकमा प्रस्ताव पेश गर्नुपर्नेछ। यस निक्षेपको साँवा र ब्याज २०८३ जेठ १७ गते भुक्तानी हुनेछ र प्रि-म्याचुअर भुक्तानीको व्यवस्था छैन। साथै, उक्त निक्षेप रकम अनिवार्य नगद मौज्दात (CRR) मा गणना नहुने भए पनि वैधानिक तरलता अनुपात (SLR) तरलता अनुपातमा भने गणना गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
