तरलता नियन्त्रण गर्न राष्ट्र बैँकले १ खर्ब २५ अर्ब रुपैँया निक्षेप संकलन गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैँकले वित्तीय प्रणालीमा देखिएको उच्च तरलता व्यवस्थापन गर्न आज १ खर्ब रुपैँया बराबरको निक्षेप उठाउने भएको छ । केन्द्रीय बैँकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट रकम तान्ने योजना अघि सारेको हो ।
हाल बैँक तथा वित्तिय संस्थामा पर्याप्त निक्षेप रहे पनि कर्जा प्रवाह भने उल्लेखनीय रुपमा बढ्न सकेको छैन । आर्थिक गतिविधि अपेक्षा अनुसार नबढ्दा बजारमा नगद मौज्दात उच्च नै रहेको देखिएको छ ।
बोलकबोल प्रक्रियामा ‘क’ ‘ख’ र ग वर्गका बैँक तथा वित्तीय संस्थालाई मात्र सहभागी हुन दिइनेछ । प्रस्तावित ब्याजदर मध्ये कम प्रस्ताव गर्ने संस्थालाई प्राथमिकतामा राखेर रकम बाँडफाँड गरिने राष्ट्र बैँकले जनाएको छ ।
यो प्रक्रिया अनलाइनमार्फत सञ्चालन हुनेछ र संकलित रकमको सावाँ तथा ब्याज २०८३ वैशाख २ गते भुक्तानी गरिनेछ । न्यूनतम बोल रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीम ५ करोड रुपैँयाका गुणकमा कायम गरिएको छ ।
सम्बन्धित समाचार
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

