एटीएमबाट एकपटकमा २० हजार र एक दिनमा ५० हजार रुपैयाँभन्दा बढी झिक्न नपाइने
जानकारी केन्द्र
२०८३, बैशाख, ४
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकका ग्राहकहरूले एटीएम (एटिएम) कार्डमार्फत गर्ने नगद कारोबारको सीमामा कडाइ गरेको छ। राष्ट्र बैंकले हालै जारी गरेको ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ मार्फत नगद झिक्ने सीमा तोकेको हो। नयाँ व्यवस्थाअनुसार अब बैंकका ग्राहकहरूले आफ्नो कार्ड प्रयोग गरी एक दिनमा अधिकतम ५० हजार रुपैयाँभन्दा बढी नगद झिक्न पाउने छैनन् ।
निर्देशनअनुसार डेबिट कार्डमार्फत एटीएमबाट प्रति कारोबार न्यूनतम ५०० रुपैयाँदेखि अधिकतम २० हजार रुपैयाँसम्म नगद झिक्न सकिनेछ भने दैनिक रूपमा अधिकतम ५० हजार रुपैयाँको सीमा तोकिएको बताइएको छ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
