सर्वोच्चको फैसला : पुनर्विवाह गर्ने महिलाले अंश फिर्ता गर्न नपर्ने
काठमाडौं । सर्वाेच्च अदालतले मुलुकी देवानी संहिता, २०७४ को दफा (२) लाई असंवैधानिक ठहर गर्दै खारेज गरेको छ । उक्त व्यवस्था संविधानले प्रत्याभुत गरेको समानताको हकविपरीत रहेको निष्कर्षसहित अदालतले रिट निवेदनमा सुनुवाइ गर्दै यो निर्णय गरेको हो ।
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरु कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा र नहकुल सुवेदी सम्मिलित संवैधानिक इजलासले उक्त प्रावधान बदर गरेको बताइएको छ ।
यो रिट महिला कानुन विकास मञ्चका तर्फबाट वरिष्ठ अधिवक्ता मिरा ढुङ्गाना लगायतले दायर गरेका थिए ।
उक्त दफमा विधवाले पुन:विवाह गरेमा उनले अंशबापत पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने व्यवस्था थियो । यदि पुर्वपतिको सन्तान भएमा त्यस्ता सन्तानले र सन्तान नभएमा पुर्वपतिको पक्षले उक्त्त प्रावधान थियो ।
अदालतको यस निर्णयसँगै अब कुनै पनि एकल महिलाले अंशबापत प्राप्त सम्पत्ति पुन:विवाह गरेपछि पनि आफुसँगै राख्न पाउनेछिन् । यसअघि सन्तान भएको अवस्थामा महिलाले पुर्वपतिको सम्पति लैजान नपाउने व्यवस्था थियो, जुन अब खारेज भएको छ ।
सम्बन्धित समाचार
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
आज धेरै ठाउँमा वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

