• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ असार २०८३, आइतबार
१४ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ६ घण्टा 

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
  • ६ घण्टा 

कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल
  • ७ घण्टा 

नेप्से परिसूचकमा १६.५४ अंकको गिरावट
  • ७ घण्टा 

सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • १३ घण्टा 

अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
  • १५ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १६ घण्टा 

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
  • १६ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने

  • २. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते

  • ४. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. २०१६ मा सन्यास घोषणा गरेका मेस्सीको ऐतिहासिक पुनरागमन, विश्व रेकर्ड कायम

  • ६. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

  • ७. यस्तो छ आज देशै भरको मौसम पुर्वानुमान

  • ८. २०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

  • १०. एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त

काठमाडौं मेरियट होटलले गर्यो कर्पारेट सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय विद्यालयलाई सहयोग

जानकारी केन्द्र २०८३, बैशाख, २५

काठमाडौं । समुदायलाई अर्थपूर्ण सहयोग गर्ने उद्देश्यले एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेड अन्तर्गत सञ्चालनमा रहेको काठमाडौं मेरियट होटलले काठमाडौंको एक सरकारी विद्यालयलाई पूर्ण रूपमा सुसज्जित विज्ञान प्रयोगशाला तथा विद्यार्थीहरूका लागि लन्च बक्स प्रदान गरेको छ। उक्त सहयोग कमलपोखरीस्थित श्री कमल आधारभूत विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी गरिएको बताइएको छ ।

उक्त हस्तान्तरण कार्यक्रम बिहीबार  विद्यालय परिसरमै सम्पन्न भएको थियो। कार्यक्रममा एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेडका संचालकले व्यक्तिगत रूपमा विद्यालय प्रशासनलाई विज्ञान प्रयोगशाला हस्तान्तरण गरे। कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा काठमाडौं मेरियट होटलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

विज्ञान प्रयोगशालाको उपलब्धता विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धितर्फको महत्वपूर्ण कदम हो। आवश्यक विज्ञान सामग्रीहरू सहितको प्रयोगशालाले विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा सीमित ज्ञानभन्दा बाहिर निस्केर प्रयोगात्मक सिकाइमा सहभागी हुने अवसर दिन्छ, जसले जिज्ञासा वृद्धि गर्दै वरपरको संसारप्रति गहिरो बुझाइ विकास गर्न सहयोग पुर्‍याउँछ। साथै, विद्यार्थीहरूको समग्र हितलाई ध्यानमा राख्दै लन्च बक्सहरू पनि वितरण गरिएको थियो, जसले उनीहरूको दैनिक सहजता र स्वास्थ्यप्रति होटलको संवेदनशीलता झल्काएको थियो।

कार्यक्रममा बोल्दै काठमाडौं मेरियट होटेलका अध्यक्ष शशी कान्त अग्रवालले समुदायलाई योगदान गर्नु होटलको मूल मान्यताहरूमध्ये एक भएको उल्लेख गरे । उनका अनुसार शिक्षा कुनै पनि समृद्ध समाजको आधार हो, र प्रत्येक बालबालिकाले सिक्न र अघि बढ्न आवश्यक साधनहरू पाउनु अत्यावश्यक छ। उक्त पहल त्यसतर्फको सानो र इमानदार प्रयास भएको उनले बताए ।

श्री कमल आधारभूत विद्यालयले कमलपोखरी आसपासका क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ, र यस सहयोगबाट आगामी वर्षहरूमा अझै धेरै विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा गरिएको बताइएको छ।

काठमाडौं मेरियट होटलले आफूले सेवा प्रदान गर्ने समुदायको उत्थानका लागि जिम्मेवार र अर्थपूर्ण कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता दोहोर्‍याएको जनाएको छ।

काठमाडौंको मुटुमा अवस्थित काठमाडौं मेरियट होटल नेपालकै अग्रणी लक्जरी हस्पिटालिटी गन्तव्य रहनुका साथै मेरियट इन्टरनेशनलको विश्वव्यापी सञ्जाल अन्तर्गत रहेको यस होटलले अन्तर्राष्ट्रिय स्तरको सेवा मापदण्डलाई नेपाली जनजीवन, संस्कृति र समुदायप्रतिको गहिरो प्रतिबद्धतासँग संयोजन गरेको बताइएको छ। सन् २०१९ मा सञ्चालनमा आएदेखि नै यो होटल फुर्सदिला यात्रु, व्यवसायिक अतिथि तथा स्थानीय साझेदारहरूको लागि विश्वसनीय गन्तव्यको रूपमा स्थापित हुँदै आएको जनाइएको छ ।

  • एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेड
  • काठमाडौं मेरियट होटल
  • मेरियट होटल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल
नेप्से परिसूचकमा १६.५४ अंकको गिरावट

ताजा

२०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

नेप्से परिसूचकमा १६.५४ अंकको गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.