कोका–कोलाको ‘लोकल्ली योर्स’ अभियान : नेपालका स्थानीय समुदाय र व्यवसायको सम्मान
काठमाडौं । कोका–कोलाले नेपालका स्थानीय समुदाय र पुस्तौंदेखि समुदायको केन्द्रमा रहँदै आएका व्यवसायहरूको सम्मान गर्न ‘लोकल्ली योर्स’ अभियान सुरु गरेको छ । अधिकांश टोल–छिमेकका मानिसहरू ब्युँझनुअघि नै कसैले आफ्नो पसल खोलिसकेको हुन्छ, त्यस्ता व्यवसायीहरू ग्राहकलाई नामले चिन्छन्, उनीहरूको रोजाइ सम्झन्छन्, हरेक दिन पसल सञ्चालन गर्छन् र विस्तारै मानिसहरूको दैनिक जीवनको अभिन्न हिस्सा बन्छन् ।
यस अभियानअन्तर्गत तयार गरिएका भिडियोमार्फत त्यस्ता उद्यमी र स्थानीय साना व्यवसायीहरूलाई विशेष रूपमा प्रस्तुत गरिएको छ, जसले आफ्नो समुदायमा निरन्तर महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् । दैनिक रूपमा देखिने यी परिचित अनुहारहरूको कथा काउन्टरसम्म मात्र सीमित छैन; अभियानले उनीहरूको व्यक्तिगत यात्रा, अनुभव र संघर्षलाई पनि उजागर गरेको छ ।
यो अभियानले नेपालमा कोका–कोला र स्थानीय उद्यमीबीच दशकौँदेखि कायम रहेको सम्बन्धलाई पनि झल्काउँछ । यी उद्यमीहरूले स्थानीय व्यवसायलाई अघि बढाउन, रोजगारी र जीविकोपार्जनलाई सहयोग गर्न तथा कोका–कोलालाई देशभरका साझा खुसीका क्षणहरूको हिस्सा बनाउन महत्वपूर्ण योगदान दिएका छन् ।
यस अभियानबारे बोल्दै कोका–कोला नेपालकी कन्ट्री डाइरेक्टर, चन्द्रिका कलियाले भनिन्, “स्थानीय व्यवसायहरू नेपालभरका समुदायको मेरुदण्ड हुन् । ‘लोकली योर्स’ अभियानमार्फत हामी उत्पादनभन्दा पर गएर विगत ५० वर्षभन्दा बढी समयदेखि कोका–कोलालाई नेपालीहरूको दैनिक जीवनको हिस्सा बनाउने व्यक्तिहरूको सम्मान गर्न चाहन्छौँ ।”
त्यसैगरी, बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अजय कानालेले भने, “टोल–छिमेकका साना व्यवसायीहरू हाम्रो व्यवसायको मेरुदण्ड मात्र होइनन्, आफ्ना समुदायका आधार स्तम्भ पनि हुन् । उनीहरूको मेहनत, सम्बन्ध र उद्यमशील सोचका कारण उनीहरूले दैनिक जीवनमा मानिसहरूबीच सम्बन्ध जोड्दै आएका छन्, जसले कोका–कोलालाई नेपालभरका साझा खुशीका क्षणहरूको हिस्सा बनाएको छ । ‘लोकल्ली योर्स’ उनीहरूको कथा, प्रभाव र समुदाय तथा स्थानीय अर्थतन्त्रलाई सशक्त बनाइराख्ने भूमिकाको सम्मान हो ।”
अभियानमा सहभागी व्यवसायीहरूले कोका–कोला कसरी उनीहरूको दैनिक जीवन, खानपान संस्कृति र जमघटको हिस्सा बनेको छ भन्ने अनुभव पनि साझा गरेका छन् । अभियानमा समेटिएका डल्ले रेष्टुरेन्टका सञ्चालक आलोक कोन्जनका अनुसार, “ सुरुदेदिनै कोक यस रेष्टुरेन्टको प्रमुख हिस्सा रहँदै आएको छ । मेरो विचारमा, यो हरेक खानापछि अन्तिम आनन्द दिने पेय हो ।”
त्यसैगरी, शेर्पा जुस सेन्टरका सञ्चालक पासाङ शेर्पाले भने, “कोका–कोला बजारमा जताततै पाइन्छ । अहिले त कोक पिउने संस्कार नै बनिसकेको छ । मानिसहरू कोक पिउने चलनलाई पछ्याइ रहेका छन् त्यसैले यसको माग पनि निकै बलियो छ ।”
‘लोकल्ली योर्स’ अभियानले स्थानीय व्यवसायहरूका पछाडि रहेका संघर्ष, नवप्रवर्तन र सामुदायिक गौरवका प्रेरणादायी कथाहरूको सम्मान गर्ने उद्देश्य राखेको बताइएको छ । किनकि नेपालका धेरै दैनिक खुसीका क्षणहरू यिनै स्थानीय व्यवसायका कारण सम्भव भएका छन् ।
YouTube Link (Dalle): https://www.youtube.com/watch?v=fxkfoHX7O18
YouTube Link (Sherpa Juice): https://www.youtube.com/watch?v=vZn9pWy2JNQ
सम्बन्धित समाचार
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
