अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई अतिरिक्त समयमा काम गर्न बाध्य बनाउन नपाइने व्यवस्था लागू गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै कर्मचारीको श्रम अधिकार सुनिश्चित गर्न यस्तो व्यवस्था गरेको हो ।
नयाँ निर्देशनअनुसार कुनै कर्मचारी ओभरटाइम गर्न सहमत भए मात्रै अतिरिक्त समयमा काम लगाउन पाइनेछ । त्यस्तै ओभरटाइम काम गराएबापत सम्बन्धित कर्मचारीलाई थप पारिश्रमिक अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई श्रमसम्बन्धी कानुन तथा कर्मचारी व्यवस्थापनसम्बन्धी निर्देशन पूर्ण रूपमा पालना गर्न समेत निर्देशन दिएको छ । यस व्यवस्थाले बैंकिङ क्षेत्रमा कर्मचारीमाथि हुने अतिरिक्त कार्यभार नियन्त्रण गर्न र श्रम अधिकार संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
