• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ जेठ २०८३, शनिबार
०९ जेठ २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत
  • ६ घण्टा 

आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि गर्न समितिको सिफारिस
  • ७ घण्टा 

२४ घण्टामा ट्राफिक कारबाही : १ हजार ८ सय ४१ चालक कारबाहीमा, चार लाख ७९ हजार राजस्व सङ्कलन
  • ७ घण्टा 

आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव
  • ८ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ९ घण्टा 

२०८३ जेठ १० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २३ घण्टा 

विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग
  • २४ घण्टा 

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने
  • १ दिन 

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. राष्ट्र बैंकद्वारा तरलता व्यवस्थापनका लागि ३० अर्ब निक्षेप संकलन गर्ने

  • २. पाँचथरको याङवरकमा बाढीपहिरो : सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति

  • ३. अण्डाको उत्पादन घट्दा मूल्य भने बढ्यो

  • ४. आठ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ आवेदन, प्रारम्भिक छनोट सुरु

  • ५. नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

  • ६. कालंगा हाइड्रोको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि कति ?

  • ७. ३२ औं पटक सगरमाथाको शिखरमा कामिरिता : तोडे आफ्नै रेकर्ड

  • ८. सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?

  • ९. एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल

  • १०. सुनको मुल्य बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

जानकारी केन्द्र २०८३, जेष्ठ, १०

बुटवल । बुटवलस्थित भेस्पा तथा अप्रिलिया शोरुमको आयोजनामा सम्पन्न विशेष स्कुटर यात्रा कार्यक्रमले आन्तरिक पर्यटन, मित्रता र सामूहिक यात्राको उत्कृष्ट सन्देश दिएको छ। बिहानै शोरुम परिसरमा भेला भएका सहभागीहरूको उपस्थिति दर्ता, सुरक्षा ब्रिफिङ तथा यात्रासम्बन्धी आवश्यक समन्वयपछि आकर्षक ढंगले सजिएका स्कुटरहरूको समूहले औपचारिक रूपमा यात्रा सुरु गरेको थियो।

अनुशासित रूपमा अघि बढेको स्कुटर र्‍याली बुटवलका मुख्य सडक हुँदै हरियाली वातावरणतर्फ अघि बढ्दा सर्वसाधारणको समेत ध्यान आकर्षित गरेको थियो। खुला सडक, प्राकृतिक दृश्य र समूहगत यात्राको उत्साहले सहभागीहरूलाई फरक अनुभूति दिलाएको बताइएको छ।

करिब ४२ किलोमिटर दुईतर्फी दूरी पार गर्दै टोली तिलोत्तमा नगरपालिका–१३, कोटिहवास्थित टाइगर फरेस्ट होटल प्रालिमा पुगेको थियो। होटल व्यवस्थापनले सहभागीहरूलाई आत्मीय स्वागत गर्दै विशेष आतिथ्यता प्रदान गरेको थियो। हरियाली वातावरण, शान्त प्राकृतिक परिवेश, खुला संरचना तथा व्यवस्थित सेवाले सहभागीहरूको मन जितेको थियो।

होटल परिसरमा साथीभाइसँग बसेर गरिएको खाजा, हाँसो, रमाइलो र आत्मीय संवाद कार्यक्रमको मुख्य आकर्षण बनेको थियो। सहभागीहरूले प्राकृतिक वातावरणमा स्वादिष्ट परिकारसँग बिताएको समय अत्यन्त स्मरणीय बनेको प्रतिक्रिया दिएका थिए। कार्यक्रमका क्रममा सहभागीहरूले होटल परिसरमा सामूहिक भेटघाट, तस्बिर तथा भिडियो निर्माणका गतिविधिहरू समेत गरेका थिए।

विशेषगरी बियर गार्डेन, खुला विश्रामस्थल तथा प्रकृतिमैत्री काठका आकर्षक भिल्लाहरू सहभागीहरूको रोजाइमा परेका थिए। सहभागीहरूले टाइगर फरेस्ट होटललाई केवल होटल मात्र नभई परिवार, साथीभाइ, पिकनिक, विवाह तथा विभिन्न समूहगत कार्यक्रमका लागि उपयुक्त प्राकृतिक गन्तव्यका रूपमा वर्णन गरेका थिए। बुटवल नजिकै शान्त, व्यवस्थित र हरियाली वातावरणसहितको यस्तो आकर्षक स्थल हुनु पर्यटन प्रवर्द्धनका दृष्टिले सकारात्मक पक्ष भएको उनीहरूको भनाइ थियो।

सुरक्षित, व्यवस्थित र उत्साहपूर्ण रूपमा सम्पन्न भएको यस स्कुटर यात्राले सहभागीहरूबीच आत्मीय सम्बन्ध अझ बलियो बनाउनुका साथै टाइगर फरेस्ट होटललाई आन्तरिक पर्यटन तथा छोटो दूरीको उत्कृष्ट विश्रामस्थलका रूपमा परिचित गराउन महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ।

–  क्षितिज बिक्रम खनाल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि गर्न समितिको सिफारिस
२४ घण्टामा ट्राफिक कारबाही : १ हजार ८ सय ४१ चालक कारबाहीमा, चार लाख ७९ हजार राजस्व सङ्कलन
आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

ताजा

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि गर्न समितिको सिफारिस

२४ घण्टामा ट्राफिक कारबाही : १ हजार ८ सय ४१ चालक कारबाहीमा, चार लाख ७९ हजार राजस्व सङ्कलन

आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.