राष्ट्र बैंकद्वारा स्थायी निक्षेप सुविधा दैनिक, अब बैंकहरूले हरेक दिन पैसा राख्न पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधाको समय घटाउँदै अबदेखि दैनिक रूपमा उपलब्ध गराउने निर्णय गरेको छ। यसअघि आइतबार, मंगलबार र बिहीबार मात्रै उपलब्ध हुँदै आएको सुविधा अब कार्यालय खुल्ने हरेक दिन प्रयोग गर्न सकिने भएको हो।
सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा कायम गरेपछि केन्द्रीय बैंकले नयाँ व्यवस्था लागू गरेको जनाएको छ। स्थायी निक्षेप सुविधा भनेको बैंक तथा वित्तीय संस्थासँग रहेको अधिक तरलता एक दिनका लागि राष्ट्र बैंकमा राख्ने व्यवस्था हो।
यसअघि बैंक तथा वित्तीय संस्थाले तीन दिनका लागि मात्रै पैसा राख्न पाउने व्यवस्था रहेकामा अब एक दिनमै सुविधा लिन सकिने भएको छ। राष्ट्र बैंकका अनुसार बैंक खुलेको प्रत्येक दिन बैंकिङ कारोबार समयभित्र सुविधा उपलब्ध हुनेछ र राखिएको रकमको साँवा तथा ब्याज भोलिपल्ट अपराह्न ३ बजेपछि सम्बन्धित संस्थाको खातामा जम्मा गरिनेछ।
राष्ट्र बैंकले अन्तरबैंक सापटीको दायित्व बाँकी नरहेको तथा न्यूनतम ब्याजदर सम्बन्धी मापदण्ड पूरा गरेका संस्थाको अधिक तरलता मात्रै स्वीकार गर्ने जनाएको छ। साथै नगद सञ्चिति अनुपात (सीआरआर) ४ प्रतिशत कायम नगर्ने बैंक तथा वित्तीय संस्थाले यो सुविधा नपाउने व्यवस्था गरिएको छ।
स्थायी निक्षेप सुविधामा केन्द्रीय बैंकले २.७५ प्रतिशत ब्याजदर दिनेछ। यसको न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ। हाल बैंक तथा वित्तीय संस्थाको अधिक तरलता राष्ट्र बैंकमा करिब साढे १० खर्ब रुपैयाँ रहेको बताइएको छ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
