राष्ट्र बैंकद्वारा स्थायी निक्षेप सुविधा दैनिक, अब बैंकहरूले हरेक दिन पैसा राख्न पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधाको समय घटाउँदै अबदेखि दैनिक रूपमा उपलब्ध गराउने निर्णय गरेको छ। यसअघि आइतबार, मंगलबार र बिहीबार मात्रै उपलब्ध हुँदै आएको सुविधा अब कार्यालय खुल्ने हरेक दिन प्रयोग गर्न सकिने भएको हो।
सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा कायम गरेपछि केन्द्रीय बैंकले नयाँ व्यवस्था लागू गरेको जनाएको छ। स्थायी निक्षेप सुविधा भनेको बैंक तथा वित्तीय संस्थासँग रहेको अधिक तरलता एक दिनका लागि राष्ट्र बैंकमा राख्ने व्यवस्था हो।
यसअघि बैंक तथा वित्तीय संस्थाले तीन दिनका लागि मात्रै पैसा राख्न पाउने व्यवस्था रहेकामा अब एक दिनमै सुविधा लिन सकिने भएको छ। राष्ट्र बैंकका अनुसार बैंक खुलेको प्रत्येक दिन बैंकिङ कारोबार समयभित्र सुविधा उपलब्ध हुनेछ र राखिएको रकमको साँवा तथा ब्याज भोलिपल्ट अपराह्न ३ बजेपछि सम्बन्धित संस्थाको खातामा जम्मा गरिनेछ।
राष्ट्र बैंकले अन्तरबैंक सापटीको दायित्व बाँकी नरहेको तथा न्यूनतम ब्याजदर सम्बन्धी मापदण्ड पूरा गरेका संस्थाको अधिक तरलता मात्रै स्वीकार गर्ने जनाएको छ। साथै नगद सञ्चिति अनुपात (सीआरआर) ४ प्रतिशत कायम नगर्ने बैंक तथा वित्तीय संस्थाले यो सुविधा नपाउने व्यवस्था गरिएको छ।
स्थायी निक्षेप सुविधामा केन्द्रीय बैंकले २.७५ प्रतिशत ब्याजदर दिनेछ। यसको न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ। हाल बैंक तथा वित्तीय संस्थाको अधिक तरलता राष्ट्र बैंकमा करिब साढे १० खर्ब रुपैयाँ रहेको बताइएको छ।
सम्बन्धित समाचार
नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सको लगानी
एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग
भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई राहत प्याकेज, नाडाद्वारा स्वागत
सुन–चाँदीको मूल्य उकालो, सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो
आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
यामाहा ब्लू स्ट्रीक्सद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

