छुट्ला है शनिबार ! स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’
काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले नेपालका युवा, सडक संस्कृति, संगीत तथा राइडिङ समुदायलाई एउटै मंचमा जोड्ने उद्देश्यसहित ‘पल्सर आरपीएम’ कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम यही २०८३ जेठ १६ गते, शनिबार टोकास्थित स्केटर्स नेपालमा आयोजना हुनेछ ।
‘पल्सर आरपीएम’ जस्ता प्लेटफर्ममार्फत नेपाली युवासँग अझ बलियो सम्बन्ध निर्माण गर्ने उद्देश्यका साथ ब्रान्डले मोटरसाइकलभन्दा बाहिर गएर संगीत, फ्रिस्टाइल खेल, सिर्जनात्मक तथा सहरीका युवा संस्कृतिमा आधारित अनुभव प्रदान गर्दै आएको बताइएको छ ।
कार्यक्रमका विशेष आकर्षणहरू : कार्यक्रममा स्टन्ट शो तथा बीएमएक्स प्रदर्शन, स्केट तथा बी–बोय प्रस्तुति, ग्राफिटी आर्टका आकर्षक गतिविधिका साथै र्याप तथा डीजे सेसन पनि समावेश गरिनेछ, जसले युवापुस्तालाई मनोरञ्जन र ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको जनाइएको छ ।
‘राइड. पावर. मोसन.’ को भावनालाई केन्द्रमा राखेर आयोजना गरिने ‘पल्सर आरपीएम’ ले आजको पुस्ताको ऊर्जा, उत्साह र आत्मअभिव्यक्तिलाई उत्सवका रूपमा प्रस्तुत गर्ने बताइएको छ ।
कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ । बिहान ११ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने यस कार्यक्रममा काठमाडौंभरिका राइडर, स्केटर, नृत्य, कलाकार तथा संगीतप्रेमीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
