२४ घण्टामा १,७७३ चालक कारबाहीमा, ट्राफिकबाट ६ लाखभन्दा बढी राजस्व सङ्कलन
काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने एक हजार ७७३ चालक ट्राफिक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा रु ६ लाख ४४ हजार ५०२ राजस्व सङ्कलन भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०० जना, नियमविपरीत राइड सेयरिङ गर्ने ११८ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १३६ जना तथा तीव्र गतिमा सवारी चलाउने २३७ जनामाथि कारबाही गरिएको छ।
त्यसैगरी, लेन अनुशासन पालना नगर्ने ८२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ८९ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने १२० जना, एकतर्फी सडकमा सवारी चलाउने ९१ जना तथा अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने ८०० जनालाई समेत कारबाही गरिएको कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीले सडक सुरक्षा र सवारी अनुशासन कायम गर्न नियमित अनुगमन तथा कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।
सम्बन्धित समाचार
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

