नेपाल बैंकका कर्मचारी र ग्राहकलाई मेधर्म क्लिनिक्समा १५ प्रतिशत छुट
काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई काठमाण्डौं दरवारमार्गमा रहेको मेधर्म क्लिनिक्स् प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा नेपाल बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई मेधर्म क्लिनिक्स्द्वारा तोकिएको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १५५ छुट हुने व्यवस्था गरिएको छ । सम्झौता पत्रमा नेपाल बैक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र मेधर्म क्लिनिक्स् प्रा.लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. अनुप सुवेदीले हस्ताक्षर गरे।
यसबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू तथा बैंकमा कार्यरत कर्मचारीहरूलाई मेधर्म क्लिनिक्स् प्रा.लि. द्वारा प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुने विश्वास गरिएको छ ।
नेपालभर २३१ शाखाहरु, २४६ ए.टि.एम. साथै ६१ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा पुर्याई प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।
सम्बन्धित समाचार
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

