विपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्म स्थगित
काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्मका लागि स्थगित गरिएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदहरूले बेल घेराउ गर्दै विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक जेठ २५ गते बस्ने गरी स्थगित भएको घोषणा गरेका हुन्।
विपक्षी दलका सांसदहरूले जेठ १७ गते प्रधानमन्त्रीले प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्मा विरोध गरेका छन्। उनीहरूको भनाइमा उक्त अभिव्यक्तिले राष्ट्रिय हित र संवेदनशील विषयसँग सम्बन्ध राख्ने भएकाले प्रधानमन्त्रीले संसद्मा स्पष्टिकरण दिनुका साथै माफी माग्नुपर्छ।
विपक्षी दलहरूले आफ्ना माग सम्बोधन नभएसम्म संसद्मा विरोध जारी राख्ने चेतावनी दिएका छन्। यसबीच सत्ता पक्ष र विपक्षी दलबीच सहमतिको प्रयास जारी रहेको बताइएको छ।
संसद् अवरुद्ध भएपछि बैठकको नियमित कार्यसूची प्रभावित भएको छ।

सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
