अतिरिक्त तरलता तान्न राष्ट्र बैंकले ३० अर्ब संकलन गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंक ले ५६ दिन अवधिको ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन दिन सकिनेछ। उपकरण सोही दिन निष्काशन गरिनेछ।
बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
उपकरणको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ। बहुब्याजदरमा आवेदन दिन सकिने तथा ब्याजदर दशमलव पछिका चार अंकसम्म उल्लेख गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप संकलनको अवधि साउन १३ गतेसम्म रहनेछ। सोही दिन साँवा र ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भए प्रोराटा आधारमा बाँडफाँट गरिने व्यवस्था छ।
राष्ट्र बैंकले खुला बजार सञ्चालन समितिलाई बोल पूर्ण वा आंशिक रूपमा स्वीकृत अथवा अस्वीकृत गर्ने अधिकार रहने जनाएको छ। स्वीकृत रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा जम्मा गरिनेछ। पर्याप्त मौज्दात नभए सम्बन्धित संस्थालाई कालोसूचीमा राख्न सकिने चेतावनी पनि दिइएको छ।
राष्ट्र बैंकका अनुसार उक्त रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ। यसलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाइने भए पनि तरलता अनुपात (एसएलआर) तथा अन्य तरलता सूचकमा गणना गर्न सकिनेछ। साथै, भुक्तानी मितिभन्दा अघि रकम फिर्ता वा पूर्वभुक्तानीको सुविधा नहुने स्पष्ट गरिएको छ।
सम्बन्धित समाचार
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ अघि नै काठमाडौंमा देखियो चेरी क्यु
बाल सुरक्षा विवादमा मेटालाई ५६७ मिलियन डलरको जरिवाना
थाइल्यान्डमा किशोरद्धारा गरिएको अन्धाधुन्ध गोली प्रहारमा ७ जनाको मृत्यु
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

