नागढुंगा सुरुङमार्गका लागि जापानले थप ऋण सहायता
काठमाडौं । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारले थप ऋण सहयोग उपलब्ध गराउने भएको छ। आयोजना निर्माण क्रममा लागत बढेपछि जापानले ५ अर्ब ७० करोड जापानी येन (करिब ५ अर्ब ५० करोड नेपाली रुपैयाँ) बराबरको अतिरिक्त ऋण सहायता दिने निर्णय गरेको हो।
यससम्बन्धी समझदारीपत्रमा बुधबार नेपालका लागि जापानी राजदूत माएदा तोरु र नेपाल सरकारका अर्थ सचिव घनश्याम उपाध्याय ले हस्ताक्षर गरेका छन्। थप सहयोगसँगै यस आयोजनाका लागि जापानको कुल ऋण सहायता २२ अर्ब ३३ करोड ६० लाख जापानी येन पुगेको छ।
यसअघि सन् २०१६ डिसेम्बरमा १६ अर्ब ६३ करोड ६० लाख येन बराबरको ऋण सम्झौता भएको थियो। तर निर्माण क्रममा मूल्यवृद्धि, निर्माण सामग्रीको लागत वृद्धि तथा प्राविधिक कारणले कुल लागत बढेपछि थप रकम आवश्यक परेको हो।
नेपाल–जापान सहकार्यअन्तर्गत निर्माण भइरहेको नागढुंगा सुरुङमार्ग २०१९ देखि निर्माणाधीन छ। राजधानी काठमाडौंलाई अन्य प्रदेशसँग जोड्ने प्रमुख प्रवेशद्वारका रूपमा रहेको नागढुंगा क्षेत्रमा हुने सवारी जाम र ढुवानी समस्याको दीर्घकालीन समाधानका रूपमा यो आयोजना हेरिएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
