विराटनगरमा ओमोडा ई५ प्रो को आगमन, पहिलो ५० ग्राहकलाई विशेष छुट
काठमाडौं । नेपालका लागि ओमोडा एन्ड जेइकोका गाडीहरुको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रा.लि.ले आज विराटनगरमा नयाँ ओमोडा ई५ प्रो ईभी आधिकारिक रुपमा सार्वजनिक गरेको छ ।
नेपालमा पहिले नै १ हजार ५०० भन्दा बढी युनिट सडकमा गुडिसकेको ओमोडा ई५ को उत्कृष्ट सफलतालाई निरन्तरता दिँदै, नयाँ ओमोडा ई५ प्रो अझ उन्नत प्रविधि, प्रिमियम फिचर र अत्याधुनिक ड्राइभिङ अनुभवसहित आएको बताइएको छ।
कम्पनीका अनुसार, नेपालमा लन्च भएदेखि नै ओमोडा ई५ आफ्नो फ्युचरिस्टिक डिजाइन, उत्कृष्ट रेन्ज, उच्च ग्राउन्ड क्लियरेन्स र आधुनिक प्रविधिका कारण देशकै सबैभन्दा लोकप्रिय इलेक्ट्रिक एसयूभी मध्ये एक बन्न सफल भएको छ। नयाँ ओमोडा ई५ प्रोले यसै विरासतलाई अझ सुदृढ बनाउँदै नयाँ डिजाइन, स्मार्ट फिचर र आधुनिक नेपाली ग्राहकलाई लक्षित प्रिमियम अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।
नयाँ ओमोडा ई५ प्रोमा ५०.७ किलोवाट आवर ब्याट्री प्याक, ९९ किलोवाट इलेक्ट्रिक मोटर र २८८ एनएम टर्क रहेको छ, जसले ३५० किलोमिटर डब्लुएलटीपी रेन्ज प्रदान गर्नुका साथै १९१ एमएम ग्राउन्ड क्लियरेन्सका कारण यो नेपालका विभिन्न सडक अवस्थाका लागि उपयुक्त रहेको बताइएको छ। यसमा १८–इन्च अलोय ह्विलहरू पनि समावेश छन्, जसले यसको स्पोर्टी र प्रिमियम उपस्थिति अझ आकर्षक बनाउँने कम्पनीको विश्वास रहेको छ।
बाहिरी डिजाइन ओमोडाको फ्युचरिस्टिक डिजाइन फिलोसफीमा आधारित छ, जसमा बोल्ड फ्रन्ट फेसिया, एरोडायनामिक प्रोफाइल र विशेष फ्यान्टम विङ टेललाइटहरू समावेश छन्, जसले सडकमा शक्तिशाली उपस्थिति सिर्जना गर्नुका साथै भित्री भागमा प्रिमियम क्याबिन अनुभव, इलेक्ट्रिक सनरुफ, उच्च गुणस्तरका इन्टेरियर मेटरियल र आधुनिक प्रविधिको संयोजन रहेको कम्पनीले बताएको छ।
कम्पनीका अनुसार, यसमा ड्राइभर मसाज सिट, ८ सोनी स्पिकरहरूको इमर्सिभ अडियो सिस्टम र ठूलो १५.६ इन्च वाइडस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले समावेश छ, जसले ड्राइभिङ अनुभवलाई अझ प्रिमियम बनाउँछ।
सुरक्षाका दृष्टिले, यसमा १९ भन्दा बढी एडास अर्थात एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टमयुक्त फिचरहरू र ५४० डिग्री सराउन्ड भ्यु क्यामेरा प्रणाली रहेको छ, जसले चालकलाई उच्च सुरक्षा र आत्मविश्वास प्रदान गर्ने जनाइएको छ।
नयाँ ओमोडा ई५ प्रोको आधिकारिक मूल्य सिंगल टोन भेरिएन्टका लागि ५१ लाख ५९ हजार तथा डुअल टोन भेरिएन्टका लागि ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीको भनाई छ। सार्वजनिक भएको अवसरमा पायोनियर मोटो कर्प प्रा.लि.ले पहिलो ५० ग्राहकहरूका लागि ४९ लाख ९९ हजारको विशेष मूल्य र एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स उपलब्ध गराउने घोषणा गरेको छ, जसले प्रारम्भिक ग्राहकहरूका लागि थप आकर्षक प्रस्ताव प्रदान गर्ने बताइएको छ।
नयाँ ओमोडा ई५ प्रो अब विराटनगरको आधिकारिक ओमोडा एन्ड जेइको शोरूममा बुकिङ तथा सोधपुछका लागि उपलब्ध भएको कम्पनीले जनाएको छ।
सम्बन्धित समाचार
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

