राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन
काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले भारतसँगको सीमा विवाद समाधानका लागि ब्रिटेनलाई मध्यस्थकर्ता बनाउन खोजिएको भन्ने टिप्पणी गलत रहेको बताएका छन्। उनले नेपालसँग कालापानी–लिपुलेक क्षेत्रबारे पर्याप्त ऐतिहासिक प्रमाण रहेको दाबी गर्दै छिमेकी मुलुकसँग प्रत्यक्ष संवादमार्फत समस्या समाधान गरिने स्पष्ट पारे।
रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार चितवनमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा आफूले व्यक्त गरेको भनाइबारे स्पष्टीकरण दिएका हुन्।
‘हामीसँग कालापानी र लिपुलेकका प्रमाण छन्। आवश्यक परे ब्रिटिस शासनकालका अभिलेख र प्रमाण पनि प्रस्तुत गर्न सक्छौँ भनेका हौँ,’ उनले भने, ‘हामीले ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौँ।’
उनले नेपाल आफ्नो राष्ट्रिय हितका विषयमा स्पष्ट रहेको उल्लेख गर्दै सीमा विवाद तथ्य, प्रमाण र कूटनीतिक संवादका आधारमा समाधान गर्न प्रतिबद्ध रहेको बताए।
‘हामी हाम्रा छिमेकीहरूसँग आफैँ कुरा गरेर समस्या समाधान गर्छौँ। हामीसँग प्रमाण छ,’ उनले भने, ‘मेरो राष्ट्रियताप्रति कसैले पनि शंका गर्नुपर्ने कारण छैन।’
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
