आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेसनको बन्द सत्र आजदेखि सुरू हुदैँछ । आज महाधिवेसनको पहिलो दिनको बन्द सत्रमा पाँचवटा प्रतिवेदन प्रस्तुत गरिदैँ छ । जसअनुसार सभापति रवि लामिछानेले राजनीतिक प्रतिबेदन, महामन्त्रीद्दय कबिन्द्र बुर्लाकोटी र भुपदेश शाहले सांगठानिक प्रतिबेदन, लेखा प्रतिवेदन कोषाध्यक्ष लिमा अधिकारीले प्रस्तुत गर्नेछिन ।
साथै, निर्वाचन आयोगको प्रतिवेदन पार्टी निर्वाचन आयोग प्रमुख भुवन केसी र अनुशासन आयोगको प्रतिवेदन आयोग प्रमुख रमाकान्त रिमाल प्रस्तुत गर्ने कार्यतालिका रहेको महामन्त्री भुपदेव शाहले जानकारी दिएका छन् ।
हिजो उदघाटन सत्र सम्पन्न गरेको रास्वपाले जारी महाधिवेशनका लागि ४ हजार २११ जनाको प्रतिनिधित्व टुंग्याएको छ। जसअनुसार केन्द्रिय समिति, सात प्रदेश, प्रवास, समायोजन र मनोनयन गरी आजवाट सुरू हुने महाधिवेसनमा ४हजार २११ जना प्रतिनिधिले बन्द सत्रमा सहभागी हुनेछन् ।
केन्द्रिय समिति सदस्यसहित ३३ देशका प्रवास सम्पर्क विभागबाट १७० जना, सभापति लामिछानेबाट १३८ जना र समुहगत रूपमा पार्टी प्रवेश गरेका मध्ये १९२ थप सहित ४ हजार २११ पुगेको सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठले जानकारी दिए । उनका अनुसार कोशी प्रदेशबाट ३६४, मधेसबाट ६३०, बागमतीबाट ७९४, लुम्बिनीबाट ६२१, गण्डकीबाट ४५४, कर्णालीबाट ३४३ र सुदूरपश्चिमबाट ५०५ जना प्रतिनिधि सुनिश्चित भएको छ ।
साथै, महाधिवेशन प्रतिनिधिका रूपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँच जना प्रतिनिधि प्रत्येक जिल्लावाट रहने भएका छन् भने प्रदेश समितिका सबै सदस्यहरू, प्रदेशस्तरीय विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी पनि प्रतिनिधिको रूपमा चयन गरिएको छ ।
साथै, सबै केन्द्रीय सदस्य, केन्द्रमा रहेका ३८ वटा विभागबाट ११–११ जनाका दरले सदस्य तथा केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगबाट ११–११ जनाको प्रतिनिधित्व भएको छ।
प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट २ जना तथा प्रदेश सम्पर्क विभागबाट तीन–तीन जना र जिल्ला सम्पर्क विभागबाट एक–एक जना प्रतिनिधि रहनेछन्।
साथै, गत प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका तर्फबाट पराजित तथा समानुपातिक सूचीमा रहेका देखी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित समानुपातिक सूचीका र पार्टीमा सक्रिय व्यक्तिलाई पनि प्रतिनिधि बनाइएको छ। केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्य पनि महाधिवेशन प्रतिनिधि भएका छन्।
आजवाट निर्वाचन प्रकिया पनि सुरू हुने निर्वाचन समितिले जनाएको छ ।
सम्बन्धित समाचार
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने


