अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन
काठमाडौं । बैंक तथा वित्तीय संस्थाका ग्राहकले अब खाता बन्द गर्न सम्बन्धित शाखा कार्यालय धाउनुपर्ने बाध्यता हट्ने भएको छ। नेपाल राष्ट्र बैंकले ग्राहकलाई मोबाइल वा वेब एप्लिकेसनमार्फत नै बैंक खाता बन्द गर्न सकिने व्यवस्था गर्न सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो।
निष्क्रिय खाता घटाउने उद्देश्यसहित केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई कार्ययोजना तयार गरी आगामी पुस महिनाभित्र लागू गर्न निर्देशन दिएको छ।
राष्ट्र बैंकका अनुसार कुनै खाता निष्क्रिय हुनुअघि सम्बन्धित ग्राहकलाई फोन, एसएमएस, इमेललगायत माध्यमबाट नियमित जानकारी गराउनुपर्नेछ। त्यस्तै, निष्क्रिय भइसकेका खाता पुनः सक्रिय गराउन कम्तीमा प्रत्येक ६ महिनामा ग्राहकलाई सम्पर्क गरी जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ।
नयाँ व्यवस्थाअनुसार ग्राहकले नेपालभरका जुनसुकै शाखाबाट वा मोबाइल तथा वेब एपमार्फत सहज रूपमा खाता बन्द गर्न सक्नेछन्। ग्राहकले खाता बन्द गर्न अनुरोध गरेपछि खातामा रहेको रकम आफूले तोकेको अर्को बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गरिदिनुपर्ने व्यवस्था पनि गरिएको छ।
राष्ट्र बैंकले ग्राहकको पहिचान गरी देशभरका जुनसुकै शाखाबाट निष्क्रिय खाता पुनः सक्रिय गर्न सकिने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ। साथै, पुनः सञ्चालनमा आएका निष्क्रिय खातामा हुने अस्वाभाविक कारोबारको निगरानी गर्न विशेष प्रणाली विकास गर्नुपर्ने व्यवस्था गरिएको छ।
केन्द्रीय बैंकले निष्क्रिय खाताको दुरुपयोग गरी हुन सक्ने अवैध रकम कारोबारबारे जनचेतना फैलाउन तथा वित्तीय अपराध रोकथामका लागि नियमित रूपमा जनचेतनामूलक सामग्री तयार गरी प्रसारण गर्न पनि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

