अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन
काठमाडौं । बैंक तथा वित्तीय संस्थाका ग्राहकले अब खाता बन्द गर्न सम्बन्धित शाखा कार्यालय धाउनुपर्ने बाध्यता हट्ने भएको छ। नेपाल राष्ट्र बैंकले ग्राहकलाई मोबाइल वा वेब एप्लिकेसनमार्फत नै बैंक खाता बन्द गर्न सकिने व्यवस्था गर्न सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो।
निष्क्रिय खाता घटाउने उद्देश्यसहित केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई कार्ययोजना तयार गरी आगामी पुस महिनाभित्र लागू गर्न निर्देशन दिएको छ।
राष्ट्र बैंकका अनुसार कुनै खाता निष्क्रिय हुनुअघि सम्बन्धित ग्राहकलाई फोन, एसएमएस, इमेललगायत माध्यमबाट नियमित जानकारी गराउनुपर्नेछ। त्यस्तै, निष्क्रिय भइसकेका खाता पुनः सक्रिय गराउन कम्तीमा प्रत्येक ६ महिनामा ग्राहकलाई सम्पर्क गरी जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ।
नयाँ व्यवस्थाअनुसार ग्राहकले नेपालभरका जुनसुकै शाखाबाट वा मोबाइल तथा वेब एपमार्फत सहज रूपमा खाता बन्द गर्न सक्नेछन्। ग्राहकले खाता बन्द गर्न अनुरोध गरेपछि खातामा रहेको रकम आफूले तोकेको अर्को बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गरिदिनुपर्ने व्यवस्था पनि गरिएको छ।
राष्ट्र बैंकले ग्राहकको पहिचान गरी देशभरका जुनसुकै शाखाबाट निष्क्रिय खाता पुनः सक्रिय गर्न सकिने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ। साथै, पुनः सञ्चालनमा आएका निष्क्रिय खातामा हुने अस्वाभाविक कारोबारको निगरानी गर्न विशेष प्रणाली विकास गर्नुपर्ने व्यवस्था गरिएको छ।
केन्द्रीय बैंकले निष्क्रिय खाताको दुरुपयोग गरी हुन सक्ने अवैध रकम कारोबारबारे जनचेतना फैलाउन तथा वित्तीय अपराध रोकथामका लागि नियमित रूपमा जनचेतनामूलक सामग्री तयार गरी प्रसारण गर्न पनि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
