११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको वस्तु निर्यात १२.३ प्रतिशतले वृद्धि भएर २ खर्ब ७७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। यद्यपि आयात अझ तीव्र गतिमा बढ्दा व्यापार घाटा १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा कुल वस्तु आयात १५.२ प्रतिशतले बढेर १८ खर्ब ९४ अर्ब १० करोड रुपैयाँ पुगेको छ। निर्यातको तुलनामा आयात उच्च दरले बढेपछि व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १५.७ प्रतिशतले विस्तार भएको हो।
गन्तव्यका आधारमा भारततर्फको निर्यात १३.६ प्रतिशत र अन्य मुलुकतर्फको ९.२ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यात ३५.८ प्रतिशतले घटेको छ। वस्तुगत रूपमा भटमासको तेल, पाम तेल, अलैंची, चाउचाउ र ब्रान्डीको निर्यात बढेको छ भने जिंक सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा र हस्तकलाका सामग्रीको निर्यात घटेको छ।
आयाततर्फ भारतबाट ११.८ प्रतिशत, चीनबाट २१.५ प्रतिशत र अन्य मुलुकबाट १८.९ प्रतिशतले वृद्धि भएको छ। पेट्रोलियम पदार्थ, चाँदी, सवारी साधन तथा स्पेयर पार्ट्स, रासायनिक मल र भटमासको कच्चा तेलको आयात बढ्दा खाने तेल, हट रोल्ड सिट, लसुन, एमएस तार तथा बिलेटलगायत वस्तुको आयात भने घटेको छ।
समीक्षा अवधिमा निर्यात–आयात अनुपात १४.७ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १५.१ प्रतिशतभन्दा कम हो। त्यस्तै, भारतबाट परिवर्त्य विदेशी मुद्रामा १ खर्ब ८० अर्ब १० करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार २०८३ जेठ महिनामा निर्यातको एकाइ मूल्य सूचकांक ४.२ प्रतिशतले बढ्दा आयात मूल्य सूचकांक २१ प्रतिशतले वृद्धि भएको छ। यसै अवधिमा नेपालको टर्म्स अफ ट्रेड (व्यापारको सर्त) १३.९ प्रतिशतले कमजोर भएको छ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

