एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ४५ हजार कित्ता संस्थापक समूहको सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले सूचना जारी गर्दै आजदेखि इच्छुक व्यक्ति तथा कम्पनीलाई उक्त सेयर खरिदका लागि आवेदन दिन आह्वान गरेको हो।
बैंकका अनुसार यसअघि यही सेयर विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकताका आधारमा खरिदका लागि प्रस्ताव गरिएको थियो। तर, निर्धारित अवधिभित्र कुनै पनि संस्थापक सेयरधनीबाट आवेदन नपरेपछि अब अन्य योग्य व्यक्ति तथा संस्थालाई समेत आवेदन दिन खुला गरिएको हो।
सेयर खरिद गर्न चाहने लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा आवेदन बुझाउनुपर्नेछ। आवेदनमा प्रस्तावित खरिद दर (दरभाउ) समेत अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने बैंकले जनाएको छ।
बैंकका अनुसार प्राप्त आवेदनमध्ये सबैभन्दा उच्च मूल्य प्रस्ताव गर्ने आवेदकलाई सेयर बिक्री गरिनेछ। त्यसैले इच्छुक लगानीकर्ताले प्रतिस्पर्धात्मक दर प्रस्ताव गर्दै निर्धारित समयभित्र आवेदन पेश गर्नुपर्नेछ। संस्थापक समूहको सेयरमा लगानी गर्न चाहने व्यक्ति तथा कम्पनीका लागि यो सीमित अवधिको अवसर भएको बैंकले जनाएको छ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
