नागरिक एपमार्फत अनलाइन बैंकिङ सेवा सहज बनाउन एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सम्झौता
काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ सेवालाई थप सरल, छिटो र सुरक्षित बनाउन नेपाल सरकारको सूचना प्रविधि विभागसँग सहकार्य गरेको छ। नयाँ सम्झौतापछि बैंकका ग्राहकहरूले नागरिक एपमार्फत अनलाइन बैंकिङका विभिन्न फाराम सहज रूपमा भर्न सक्नेछन्।
यस व्यवस्थाले ग्राहकले व्यक्तिगत विवरण बारम्बार हातैले प्रविष्ट गर्नुपर्ने झन्झट हट्ने, कागजी प्रक्रिया कम हुने तथा बैंकिङ सेवा थप छिटो र प्रभावकारी बन्ने बैंकले जनाएको छ। डिजिटल माध्यमबाट विवरण प्रमाणीकरण हुने भएकाले सेवा प्रवाहमा पनि सहजता आउने अपेक्षा गरिएको छ।
बैंकका अनुसार ग्राहकको गोपनीयता र सूचना सुरक्षालाई उच्च प्राथमिकता दिइएको छ। ग्राहकले नागरिक एपमार्फत स्पष्ट रूपमा अनुमति नदिएसम्म बैंकले कुनै पनि व्यक्तिगत विवरण हेर्न वा प्रयोग गर्न पाउने छैन। प्राप्त जानकारी पनि आवश्यक सेवा प्रदान गर्ने उद्देश्यका लागि मात्र प्रयोग गरिने व्यवस्था गरिएको छ।
एनएमबि बैंकले यो सहकार्यलाई नेपालको डिजिटल सार्वजनिक पूर्वाधारसँग बैंकिङ प्रणालीलाई जोड्ने महत्वपूर्ण पहलका रूपमा लिएको जनाएको छ। यसबाट देशभरका ग्राहकले सुरक्षित, सहज र झन्झटरहित डिजिटल बैंकिङ सेवा प्राप्त गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
