रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
मुम्बई । सन् २०२५ को उत्तरार्धमा ‘धुरन्धर’ चलचित्रमार्फत तहल्का मच्चाए पछि रणवीर सिंह सन् २०२६ मा यसको सिक्वेल लिएर फर्किए । उक्त सिक्वेलले पहिलो भागभन्दा पनि बढी कमाइ गर्यो।
यसको सफलतापछि रणवीर अब ‘प्रलय’ नामक चलचित्रमा देखिने खबर बाहिर आएको थियो। हाल प्राप्त जानकारी अनुसार यस चलचित्रका लागि मुख्य अभिनेत्रीको टुंगो लागेको छ, ‘लोकाः च्याप्टर १’ चलचित्रबाट चर्चामा आएकी अभिनेत्री कल्याणी प्रियदर्शन ‘प्रलय’ मा रणवीर सिंहको जोडीका रूपमा देखिने भएकी छिन्।
भारतीय सञ्चारमाध्यमका अनुसार ‘प्रलय’ चलचित्रका लागि कल्याणीलाई छनोट गरिएको छ। ठूलो बजेटको यो ‘जोम्बी थ्रिलर’ चलचित्रमा उनले खतरनाक स्टन्टहरू गरेको देख्न पाइने छ। प्राप्त जानकारीअनुसार, रणवीरको यस ठूलो बजेटको चलचित्रका लागि अन्तर्राष्ट्रिय स्तरका स्टन्ट मास्टर र एक्सन संयोजकहरूलाई समावेश गरिनेछ, उनीहरूले कल्याणी र रणवीर सिंह दुवैलाई प्रशिक्षण दिनेछन्।
यहाँ उल्लेख गर्नुपर्ने कुरा के छ भने कल्याणी प्रियदर्शन वरिष्ठ चलचित्र निर्देशक प्रियदर्शनकी छोरी हुन्। ३३ वर्षीया कल्याणीले सन् २०२५ को चलचित्र ‘लोकाः च्याप्टर १’ मार्फत निकै चर्चा बटुलिन् । यो चलचित्र अत्यधिक सफल साबित भयो र उनलाई अपार ख्याति दिलायो। दक्षिण भारतीय चलचित्र उद्योगमा आफूलाई स्थापित गरि सके पछि कल्याणी अब हिन्दी सिनेमामा पाइला टेक्दै छिन् र ‘प्रलय’ चलचित्रमा रणवीर सिंहको जोडीका रूपमा बलिउडमा डेब्यु गर्न लागेकी छिन्।
कल्याणी प्रियदर्शनले ‘हृदयम’ , ‘हेलो’ ‘ओडुम कुथिरा चाडुम कुथिरा’ र ‘वरने आवश्यमुन्ड’ लगायतका विभिन्न चलचित्रहरूमा काम गरेकी छिन्। यद्यपि, यी मलायालम अभिनेत्रीले ‘लुसिफर’ चलचित्रमार्फत विशेष पहिचान बनाइन्। सन् २०१९ को अगस्टमा रिलिज भएको यस चलचित्रको बजेट मात्र ३० करोड रुपैयाँ भए तापनि यसले विश्वभर ३०० करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो। ‘लुसिफर’ बाहेक उनका आगामी चलचित्रहरूमा ‘लुसिफरः च्याप्टर २’ र ‘जेनी’ समावेश छन्।
रणवीर सिंहको चलचित्र ‘प्रलय’ को बजेट करिब ३०० करोड रुपैयाँ छ। ठूलो बजेटको यो चलचित्रको छायाङ्कन अझै सुरु भएको छैन । प्राप्त जानकारी अनुसार, यसको छायाङ्कन अगस्ट महिनामा सुरु हुन सक्छ। यस चलचित्रको निर्देशन जय मेहताले गर्दैछन्। यद्यपि यसको प्रदर्शन मिति अझै तय भइसकेको छैन तर यो चलचित्र अर्को वर्ष प्रदर्शनमा आउने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


