Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, श्रावण, ११
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता

मुम्बई । ‘इन्डियन आइडल १६’ अन्ततः सम्पन्न भएको छ। यसपटक इन्डियन आइडलको ताज ज्योतिर्मयीले हासिल गरेकी छिन  र, सँगै इन्डियन आइडल १६ को ट्रफीसहित उनले नगद २० लाख रुपैयाँ पनि प्राप्त गरेकी छिन । यसको अन्तिम एपिसोड अर्थात फिनाले आइतबार रातमा सोनी टिभीमा प्रसारण भएको थियो । सो फाइनलमा मनराज वीर सिंह, ज्योतिर्मयी नायक र तनिष्क शुक्ला यस शोका शीर्ष तीन फाइनलिस्ट थिए।

यस विशेष एपिसोडमा निर्णायकहरू बादशाह, विशाल ददलानी, कुमार सानु र श्रेया घोषालको उपस्थिति थियो भने शहनाज गिल पनि विशेष अतिथिका रूपमा उपस्थित रहेकी थिइन्।

ओडिशाकी ज्योतिर्मयी विजेता बन्दा मनराज वीर सिंह ‘सेकेन्ड रनर अप’ भए भने उनलाई सोनी च्यानलद्वारा ५ लाख रुपैयाँको नगद पुरस्कार प्रदान गरिएको थियो भने शोका ‘थर्ड रनर अपु तनिष्क शुक्लाले निकै प्रशंसा बटुले पनि शीर्ष स्थान हासिल गर्न भने सकेनन्।

अन्तिम एपिसोडमा तनिष्कले ‘तू इस तरह से मेरी ज़िंदगी में शामिल है’ गीत गाए भने ज्योतिर्मयीले ‘सैयाँ पकड बैयाँ’ गीत प्रस्तुत गरेकी थिइन, अन्तत यही गीतले उनलाई सुरुमा शोमा स्थान दिलाएको पनि थियो।

विशेष अतिथिका रूपमा उपस्थित भएकी उषा उत्थुपले ग्रान्ड फिनालेको माहोल बनाउन भुमिका खेलेकी थिइन । कुमार सानुले पनि मञ्चमा आएर ‘ये काली काली आँखें’ गीत गाउँदै उपस्थित दर्शकलाई ९० को दशकको सम्झनामा डुबाएका थिए । साथै, उनले ‘इस तरह आशिकी का असर छोड जाऊँगा’ गीत पनि गाए।

यस सिजनका शीर्ष ५ फाइनलिस्टहरूमा सुहेल सुफी, अंशिका चोनकर, मनराज वीर सिंह, मेसिम बोसु, ज्योतिर्मय नायक र तामिष्क शुक्ला समावेश थिए। ज्योतिर्मय विजेता बने पनि शीर्ष ६ मा पुगेका अन्य प्रतिस्पर्धीहरू पनि कुनै स्टारभन्दा कम थिएनन् । यति ठूलो कार्यक्रमको फाइनलसम्म पुग्नु आफैंमा एउटा महत्त्वपूर्ण उपलब्धि भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन।

naima expoTop Changing Nepal

युट्युब सट्स