नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
काठमाडौं । नेपालमा टोयोटा नेपालले आगामी नाइमा अटो शो २०२६ को अवसरमा ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ। अगस्ट ११ देखि १६ सम्म काठमाडौंमा आयोजना हुने नाइमा अटो शोमा टोयोटाको गाडी बुकिङ गर्ने ग्राहकले रु. ३ लाखदेखि रु. २१ लाखसम्मको छुट प्राप्त गर्ने अवसर पाउनेछन्।
कम्पनीका अनुसार, नाइमा अटो शो टोयोटाका लागि यस वर्ष थप विशेष रहनुका साथै अटो शोको अवसरमा टोयोटाले दुई नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ। नयाँ ब्रान्डको प्रवेशसँगै नेपाली अटोमोबाइल बजारमा टोयोटाको उपस्थितिलाई थप विस्तार गर्दै ग्राहकका लागि नयाँ उत्पादन तथा अनुभव प्रस्तुत गर्ने कम्पनीको लक्ष्य रहेको बताइएको छ।
नाइमा अटो शोका लागि ल्याइएको विशेष छुट अटो शो अवधिमा गरिने बुकिङमा मात्र लागू हुने टोयोटा नेपालले जनाएको छ।

अफरलाई थप विशेष बनाउँदै टोयोटा नेपालले ग्राहकका लागि विशेष ड्राइभ घोषणा गरेको छ। नाइमा अटो शोमा टोयोटाको गाडी बुकिङ गर्ने ग्राहकहरूमध्येबाट लक्की ड्र मार्फत एक जना भाग्यशाली विजेताले एक जोडीका रूपमा “एलिट एक्सप्लोरर्स कन्या कुमारी ड्राइभ” मा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।
त्यसैगरी, नाइमा अटो शोमा टोयोटाको गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले कम्यूनिटी ड्राइभ मा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।
टोयोटा नेपालका अनुसार नाइमा अटो शो २०२६ का लागि ल्याइएको यो विशेष अफर केवल गाडी खरिदमा सीमित नभई ग्राहकलाई बचत, नयाँ उत्पादन, यात्रा र सामुदायिक अनुभवसँग जोड्ने उद्देश्यले तयार गरिएको हो।
अगस्ट ११ देखि १६ सम्म आयोजना हुने नाइमा अटो शो २०२६ मा सहभागी भई टोयोटाका विभिन्न मोडल अवलोकन गर्न, दुई नयाँ ब्रान्डको सार्वजनिक तथा विशेष अफरको लाभ लिन टोयोटा नेपालले सम्पूर्ण ग्राहकलाई आव्हान गरेको छ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

