नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
काठमाडौं । नेपालमा टोयोटा नेपालले आगामी नाइमा अटो शो २०२६ को अवसरमा ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ। अगस्ट ११ देखि १६ सम्म काठमाडौंमा आयोजना हुने नाइमा अटो शोमा टोयोटाको गाडी बुकिङ गर्ने ग्राहकले रु. ३ लाखदेखि रु. २१ लाखसम्मको छुट प्राप्त गर्ने अवसर पाउनेछन्।
कम्पनीका अनुसार, नाइमा अटो शो टोयोटाका लागि यस वर्ष थप विशेष रहनुका साथै अटो शोको अवसरमा टोयोटाले दुई नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ। नयाँ ब्रान्डको प्रवेशसँगै नेपाली अटोमोबाइल बजारमा टोयोटाको उपस्थितिलाई थप विस्तार गर्दै ग्राहकका लागि नयाँ उत्पादन तथा अनुभव प्रस्तुत गर्ने कम्पनीको लक्ष्य रहेको बताइएको छ।
नाइमा अटो शोका लागि ल्याइएको विशेष छुट अटो शो अवधिमा गरिने बुकिङमा मात्र लागू हुने टोयोटा नेपालले जनाएको छ।

अफरलाई थप विशेष बनाउँदै टोयोटा नेपालले ग्राहकका लागि विशेष ड्राइभ घोषणा गरेको छ। नाइमा अटो शोमा टोयोटाको गाडी बुकिङ गर्ने ग्राहकहरूमध्येबाट लक्की ड्र मार्फत एक जना भाग्यशाली विजेताले एक जोडीका रूपमा “एलिट एक्सप्लोरर्स कन्या कुमारी ड्राइभ” मा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।
त्यसैगरी, नाइमा अटो शोमा टोयोटाको गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले कम्यूनिटी ड्राइभ मा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।
टोयोटा नेपालका अनुसार नाइमा अटो शो २०२६ का लागि ल्याइएको यो विशेष अफर केवल गाडी खरिदमा सीमित नभई ग्राहकलाई बचत, नयाँ उत्पादन, यात्रा र सामुदायिक अनुभवसँग जोड्ने उद्देश्यले तयार गरिएको हो।
अगस्ट ११ देखि १६ सम्म आयोजना हुने नाइमा अटो शो २०२६ मा सहभागी भई टोयोटाका विभिन्न मोडल अवलोकन गर्न, दुई नयाँ ब्रान्डको सार्वजनिक तथा विशेष अफरको लाभ लिन टोयोटा नेपालले सम्पूर्ण ग्राहकलाई आव्हान गरेको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
