Jankari Kendra
८ कार्तिक २०८३, शनिबार

नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, श्रावण, ३१
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्

काठमाडौँ । नाइमा अटो एक्स्पो २०२६ को पाँच दिनमा सीएफमोटोका मोटरसाइकल तथा विद्युतिय स्कुटरको बुकिंग अपेक्षाभन्दा उत्साहजनक देखिएको छ । एक्स्पो अवधिभर ससिएफमोटोका विभिन्न मोडलका कुल १११ युनिट बुकिंग भएको कम्पनीले जनाएको छ ।

सुबैभन्दा बढी बुकिंग सीएफमोटो २५० डुअल ईएफआईमा भएको छ । यस मोडलका ५७ युनिट बुकिंग भएका छन् । त्यस्तैगरी नयाँ डेकलसहितको सीएफमोटो ४५० एमटीका ३२ युनिट बुकिंग भएका छन् । विद्युतिय स्कुटरतर्फ जीहो एई ४ एसई,ग्राफिन ब्याट्री भर्जनका २२ युनिट बुकिंग भएका छन् ।

एक्स्पोमा सीएफमाटो २५० डुअल ईएफआईको अधिकतम खुद्रा मूल्य ५ लाख ७४ हजार ९०० रुपैँया रहेको छ । नाइमा एक्स्पोको अवसरमा यो मोडलमा २० हजार रुपैया छुट,५ वर्षको इन्जिन वारेन्टी,निशुल्क एक्ससेसरीज,हेल्मेट,हेल्मेट तथा ४ वटा निशुल्क सर्भिस कुपन उपलब्ध गराइएको छ ।

त्यस्तैगरी नयाँ डेकलसहितको सीएफमोटो ४५० एमटीको अधिकतम खुद्रा मूल्य १२ लाख ९९ हजार  ९ सय रुपैँया रहेको छ । एक्स्पो अवधिमा २० हजार रुपैँया छुट तथा निशुल्क सीएफमोटो हेल्मेट उपलब्ध गराइएको थियो ।

पाँच दिनमै १११ युनिट बुकिंग हुनुले नाइमा अटो एक्स्पो २०२६ मा सीएफोटोका मोडलप्रति ग्राहकको आकर्षण र बजार चासो उल्लेख्य रहेको देखाइएको छ ।

Top Changing Nepal

युट्युब सट्स