सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
काठमाडौँ । नेपाल अटोमोबाइल क्षेत्र विद्युतिय तथा डिजिटल प्रविधितर्फ तीव्र रुपमा अघि बढिरहेका बेला पूर्वाधार,डेटा व्यवस्थापन,अनुसन्धान,साइबर सुरक्षा र दक्ष जनशक्ति विकासमा भने चुनौति रहेको सरोकारवालाहरुले बताएका छन्।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स (नाइमा)ले आयोजना गरेको एआइ एण्ड अटोमोटिभ टेक्नोलोजिः ड्राइभिंग द फ्युचर अफ मोबिलिटी सवादमा उद्योग,सरकार, अनुसन्धान तथा शैक्षिक क्षेत्रका प्रतिनिधिले अटोमोबाइलमा एआईको प्रयोग र त्यसका लागि आवश्यक नीति तथा पुर्वाधारबारे धारणा राखेका थिए ।
र्वैद्य इनर्जीका सीइओ सूर्यांश वैद्यले एआईलाई ट्राफिक व्यवस्थापन ,सवारी सुरक्षा,रुट प्लानिङ तथा ब्याट्री व्यवस्थापनमा प्रयोग गर्न सकिने बताए । सवारी साधनका सेन्सरबाट प्राप्त डेटा विश्लेषण गरेर सडकको अवस्था,पहिचान गर्नेदेखि आवश्यक चार्जिङ स्टेसनको सुझाव दिनेसम्मका काम गर्न सकिने उनको भनाइ रहेको छ । तर नेपालमा अटोनोमस ड्राइभिङ तत्काल सहज नरहेको उनले जनाएका छन् । नेपालका फरक सडक तथा ट्राफिक अवस्थाका लागि स्थानीयसँग सुरक्षित रुपमा साझेदारी गर्न सके सडकको अवस्था तथा पुर्वाधारका समस्या पहिचान गर्न समेत सहयोग पुग्ने उनले बताए ।
विज्ञान,प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका प्रमुख सल्लाहकार सञ्जय पौडेलले सवारीसाधनबाट उत्पादन हुने डेटा,गुणस्तर परीक्षण,साइबर सुरक्षा र प्रविधि नियमनमा सरकारको भूमिका प्रभावकारी बनाउनुपर्ने बताए । नेपालले सबै प्रविधिमा एकैपटक लगानी गर्नुभन्दा आवश्यकता र आर्थिक सम्भावनाका आधारमा अनुसन्धान तथा नवप्रवर्तनको प्राथमिकता निर्धारण गर्नुपर्ने उनको धारणा रहेको छ ।
टेक्सस कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीका सूचना प्रविधि निदेशक डा.सुमन थपलियाले आधुनिक सवारीसाधनअनुसार दक्ष जनशक्ति उत्पादनमा नेपाल कमजोर रहेको बताए । एआई,साइबर सुरक्षा,एम्बेडेड सिस्टम,रोबोटिक्स,एज कम्प्युटिङ र अटोमोटिभ सफ्टवेयर जस्ता विषयलाई शिक्षामा प्राथमिकता दिनुपर्ने उनले जनाएका छन् ।
नेपाल एप्लाइड म्याथमेटिक एण्ड इन्फर्मेसन इन्स्टिच्युट फर रिसर्चकी कार्यकारी निर्देशक सन्ध्या सिटौलाले इआइलाई रोजगारी खोस्ने प्रविधिका रुपमा मात्र हेर्न नहुने बताइन । अनुसन्धान,विश्लेषण र सरकारी सेवामा एआइको प्रयोग बढाउदैँ स्थानीय समस्या समाधानमा अनुसन्धानको उपयोग गनुपर्ने उनको भनाइ छ ।
संवादका वक्ताहरुले नेपालले अब सवारीसाधनलाई आयात र बिक्रिको वस्तुका रुपमा मात्र नभई डेटा,प्रविधि,अनुसन्धान र नवप्रवर्तन जोडेर हेर्नुपर्नेमा जोड दिएका छन् । एआई र डिजिटल प्रविधिको विस्तारसँगै नेपालले नीति,शिक्षा,अनुसन्धान,साइबर सुरक्षा र पुर्वाधार विकासलाई समेत प्राथमिकता दिनुपर्ने देखिएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
