बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
काठमाडौँ । नेपालका लागि लिपमोटरको एकमात्र आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा. लि. ले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ६ दिनको सफल सहभागिता जनाउँदै ३०० भन्दा बढी गाडीहरूको उल्लेखनीय बुकिङ प्राप्त गरेका बताएकोे छ ।
भृकुटीमण्डपस्थित लिपमोटरको स्टलमा मेलाभरि अवलोकनकर्ताहरूको उल्लेखनीय भीड देखिएको थियो, जसको प्रमुख आकर्षणका रूपमा हालै सार्वजनिक गरिएको बि ०३ एक्स इलेक्ट्रिक एसयुभि रह्यो । बि ०३ एक्स सेग्मेन्टमै उत्कृष्ट १४५ किलोवाटको मोटर, ५३ किलोवाट आवर्सको ब्याट्री, ५०५ किलोमिटर (सीएटिसि) सम्मको रेन्ज, ५१० लिटरको फराकिलो बुट स्पेस तथा अत्याधुनिक लेभल २ एडिएएस सुरक्षा प्रविधिका कारण अटो शोकै प्रमुख आकर्षणमध्ये एक बन्न सफल भएको कम्पनीको दाबी छ ।

बि ०३ एक्स सँगै लिपमोटर बि १० ले पनि अवलोकनकर्ताहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको जनाइएको छ । हालै गरिएको मूल्य कटौती र एक्स्पोका विशेष अफरहरूले बि १० प्रतिको ग्राहक आकर्षण अझ बढायो भने परिमार्जित मूल्यले बि १० लाई प्रिमियम ईभी सेगमेन्टमा अत्यन्तै आकर्षक र सर्वोत्कृष्ट विकल्पको रूपमा स्थापित गर्दै कुल बुकिङमा महत्वपूर्ण योगदान पुर्याएको बताइएको छ । दुवै मोडलप्रतिको उच्च आकर्षणका कारण लिपमोटरको स्टल यस वर्षको एक्स्पोमै सबैभन्दा व्यस्त र सफल प्रदर्शनीमध्ये एक बन्न सफल भयो भने एक्स्पोको सफलतापछि बढेको उत्साहसँगै सांग्रिला मोटर्स अब गाडीहरूको द्रुत डेलिभरी र नेपालभर आफ्नो बिक्री तथा सेवा सञ्जाल विस्तारमा केन्द्रित भएको जनाइएको छ ।
सांग्रिला मोटर्सले सम्पूर्ण अवलोकनकर्ता तथा ग्राहकहरूलाई उनीहरूको विश्वास र सहयोगका लागि हार्दिक आभार प्रकट गरेको छ । मासेराती, अल्फा रोमियो र प्युजो जस्ता विश्वप्रसिद्ध १४ वटा ब्राण्डहरूको प्रख्यात अटोमोटिभ समूह ’स्टेलान्टिस’को विश्वव्यापी सहकार्यमा सञ्चालित लिपमोटर चीनको नम्बर १ स्टार्ट–अप न्यु इनर्जी भेहिकल (एनइभी) ब्राण्ड भएको सांग्रिला मोटर्सले बताएको छ । लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको जनाइएको छ, जसमध्ये जुलाई महिनामा मात्रै १ लाखभन्दा बढी युनिट बिक्री भएका थिए । विश्वका ४० भन्दा बढी देशहरूमा फैलिएको १,७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरूको विस्तृत सञ्जालमार्फत लिपमोटरले आफ्ना ग्राहकहरूलाई पूर्ण रूपमा ढुक्क र विश्वस्त स्वामित्वको प्रदान गर्दै आएको कम्पनीको दाबी छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
