नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
काठमाडौँ । नेपालको अग्रणी, बहुचर्चित एवं भव्य व्यवसायिक अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो शो २०२६ यही भाद्र ९ देखि १४ गते सम्म काठमाण्डौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ र नाडा अटो शो २०२६ को शिर्ष प्रायोजकमा एच.पि. लुब्रिकेन्ट्स् रहेको बताइएको छ।
नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालद्वारा आयोजित ६ दिन सम्म चल्ने प्रदर्शनीले तीव्र रूपमा विकसित भईरहेको नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको समग्र आर्थिक, सामाजिक एवं व्यवसायिक प्रतिबिम्बलाई प्रस्तुत गर्ने जनाइएको छ । नाडाको ५० औं वार्षिकोत्सवको उपलक्ष्यमा यस नाडा अटो शो को १८औं संस्करणलाई स्वर्ण उत्सव संस्करणको रूपमा भव्यताका साथ आयोजना गरिने भएको छ भने यस प्रदर्शनीले विगतमा झैं अटोमोबाइल कम्पनीहरूलाई आफ्ना नवीनतम सवारी साधन, प्रविधि, उत्पादन तथा सेवाहरू प्रदर्शन गर्न र ग्राहक तथा व्यावसायिक सरोकारवालासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न महत्वपूर्ण अवसर प्रदान गर्ने बताइएको छ।

नाडा अटो शो को मुख्य उद्देश्य सम्पूर्ण अटोमोटिभ इको सिस्टमलाई एउटै मञ्चमा ल्याउनु र आगन्तुकहरूलाई बजारमा उपलब्ध नवीनतम उत्पादन, प्रविधि तथा नवप्रवर्तनको प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नु रहेको जनाइएको छ । यस प्रदर्शनीले अटोमोबाइल क्षेत्रसम्बन्धी जनचेतना अभिवृद्धि, व्यावसायिक सञ्जाल विस्तार तथा नेपालको अटोमोबाइल उद्योगको निरन्तर विकासमा योगदान पुर्याउने विश्वास आयोजकको रहेको छ।
लगभग तीन लाख वर्गफुट क्षेत्रफलमा आयोजना गरिएको यस प्रदर्शनीमा साना ठूला गरी २०० भन्दा बढी स्टलहरू रहने छन् जसमा २३ वटा ब्राण्डका पेसेन्जर कार भेहिकल (पीसिभी), १७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल (एलसीभी), १३ वटा ब्राण्डका दुई पांग्रे, १० वटा वित्तीय एवं बीमा सेवा प्रदायकहरू तथा ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण, र अटोमोबाइल सम्बन्धी अन्य उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछन् र यी स्टलहरूमा नेपालमा एसेम्बल हुने सवारी साधन, ल्युब, व्याट्री, हेल्मेट एवं अन्य सामाग्रीहरू समेत रहेका नाडाले बताएको छ।

प्रायोजन एवं व्यवस्थापकीय साझेदारहरू :
१.टाइटल स्पोन्सरः एचपी लुब्रिकेन्ट्स
२.को–स्पोन्सर तथा इन्स्योरेन्स पार्टनरः शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड
३· बेवरेज पार्टनरः क्याम्पा
४· चार्जिङ पार्टनरः जीआई चार्जर
५· हस्पिटालिटी पार्टनरः द प्लाजा
६· टिकटिङ पार्टनरः खल्ती बाई आईएमई
७· हाइड्रेसन पार्टनरः पूर्णा वाटर
८· मोबिलिटी पार्टनरः याङ्गो
९· फायर सेफ्टी पार्टनरः हिट्को प्रा.लि.
१०· कनेक्टिभिटी पार्टनरः वर्ल्डलिंक
११· सर्भेलेन्स पार्टनरः हिकभिजन सीसीटीभी नेपाल
१२· हस्पिटल पार्टनरः अल्का हस्पिटल प्रा.लि.
१३· फुड पार्टनरः द बेकरी क्याफे
१४· इभेन्ट व्यवस्थापनः ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेस प्रा.लि.(जेम्स)

प्रमूख आकर्षणहरू:
१. स्वर्ण उत्सव संस्करण – नाडाको ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा यस वर्षको नाडा अटो शो स्वर्ण उत्सव संस्करण
२. जी १ ह्युमनॉइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट –भविष्यमा यातायात साधनमा आउने प्रविधी विकासको अनुभव
३.मेड इन नेपाल-मेड फर नेपाल प्याभिलियन – स्वदेशमै उत्पादित् सवारी साधन, ल्युब, व्याट्री, हेल्मेट एवं अन्य कम्पोनेन्टस्रूको प्रबद्र्धन
४. प्रोडक्ट लन्च – विभिन्न ब्राण्डका नयाँ नयाँ मोडलहरूको लन्चिङ
५. सिम्पोसियम्स – स्मार्ट मोबिलिटी, सवारी क्षेत्रको दिगो विकास, कनेक्टिभिटीमा केन्द्रित

सुविधा तथा सुरक्षा व्यवस्था:
१.सुविधाजनक जोन विभाजन: २–पाङग्रे, ४–पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरर्णहरुको छुट्टा–छुट्टै प्रदर्शन
२.टिकट अग्रिम बुकिङ: खल्ती एप मार्फत अग्रिम खरिदको व्यवस्था । निश्चित अवधिका लागि ५० प्रतिशत क्यास व्याक
३.मिडिया डेस्कङ: सञ्चारकर्मीहरूको समन्वयका लागि
४.ट्राफिक सूचना डेस्क: महानगरीय ट्राफिक प्रहरीको साझेदारीमा
५. क्याफेटेरिया: सफा एवं स्वस्थ खाद्य पदार्थ
६.पार्किङ व्यवस्थामा पहल : नेपाल पुलिस क्लबको ब्लु पेभिलियनको अन्डर ग्राउण्ड पार्किङ तथा सिंहदरबार स्थीत नेशनल ट्रेडिङ परिसरमा समेत पार्किङको व्यवस्था
७.आपतकालिन स्वास्थ्य टोली, सिसिटिभी सुरक्षा निगरानी तथा आगो नियन्त्रण व्यवस्था
८.व्हीलचेयर मैत्री
आयोजक नाडाले सम्पूर्ण अटोमोबाइलप्रेमी, उद्योग व्यवसायी, व्यावसायिक प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणलाई एच.पि. लुब्रिकेन्ट्स् प्रेजेन्ट्स् नाडा अटो शो २०२६ मा उपस्थित भई नेपालको मोबिलिटी क्षेत्रको भविष्यलाई आकार दिईरहेका नवीनतम प्रवृत्तिहरूको अनुभव गर्न आमन्त्रण गरेको छ । ६ दिन सम्म चल्ने उक्त नाडा अटो शो २०२६ मा लगभग २,००,००० आगन्तुकहरुले अवलोकन गर्ने विश्वास नाडाको रहेको छ।

सम्बन्धित समाचार
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
आजको मौसमः सातै प्रदेशमा वर्षाको सम्भावना
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो

