म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
काठमाडौँ । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रालीले नाइमा मोबिलिटी एक्सपोमा ४४ वटा म्याक्सस ई टेरेन पिकअप ट्रक बुकिङ भएको जनाएको छ। जसमध्ये कम्फर्ट भर्सन ३६ वटा र प्रिमियम भर्सन ८ वटा बुकिङ भएको हो। उक्त कम्पनीले तीन हप्ता अगाडि मात्र सार्वजनिक गरेको ई टेरेन कम्फर्ट भर्सन पिकअपलाई रु ८८ लाख मै बजारमा प्रस्तुत गरेको थियो र नाइमा अटो शोमा रु २ लाख छुट समेत प्रदान गरेको बताइएको छ। त्यसैगरी कम्पनीका अनुसार प्रिमियम भर्सनको मूल्य रु १ करोड २८ लाख थियो भने यस मोडलको पिकअपमा रु ५ लाख छुट प्रदान गरिएको थियो। यस कम्पनीले यो छुट सुविधा नाइमा मोबिलिटी एक्सपोको लागि मात्र कायम गरिएको भएतापनि धेरै ग्राहकहरूले नाइमा पछि पनि केही दिनका लागि उक्त अफर कायम राखिदिन अनुरोध गरेकाले यही भदौ १५ गतेसम्मका लागि यो छुट सुविधा यथावत राखिएको जनाइएको छ। अब यो छुट सुविधा लिन इच्छुक ग्राहकहरूले हात्तीसार स्थित म्याक्ससको सोरुममा नै गएर बुकिङ गर्न सकिने कुरा कम्पनीले जानकारी दिएको छ।
‘परिवार र व्यवसायका लागि एउटै सवारी’ नारा दिएर बिक्री वितरण थालेको यो म्याक्सस पिकअप छोटो समयमा नै नेपालमा लोकप्रिय भएको बताइएको छ। विशेषगरी युवा उमेरका, कच्ची सडकहरूमा यात्रा गरिराख्नुपर्ने व्यक्तिहरू तथा क्याम्पिङमा रुचि राख्ने व्यक्तिहरूले यो सवारी साधन रुचाएको देखिन्छ भने यो म्याक्सस पिकअप अन्य भन्दा एग्रेसिभ देखिनु, सुविधा सम्पन्न कारहरूमा जत्तिकै फिचरहरू लोड भएको साथै व्यवसायीक र निजी दुवै प्रयोजनका लागि उपयुक्त हुने भएका कारण पनि नेपालमा यसले छिटै बजार लिएको जनाइएको छ।
उच्च ग्राउन्ड क्लिरेन्सका भएका कारण कन्स्ट्रक्सन तथा हाइड्रोपावर फिल्डमा भएका व्यवसायीहरूका लागि यो विद्युतीय पिकअप उपयुक्त हुनुको साथै किफायती समेत हुने बताइएको छ। यो सुविधा सम्पन्न पिकअप चाइनाको विश्वसनीय तथा ख्याति प्राप्त कम्पनी एसएआइसी अन्तर्गत मेक्सस कम्पनीद्वारा उत्पादन गरिएको भएका कारण पनि नेपाली ग्राहकहरूले यस कम्पनीलाई छिट्टै विश्वास गरेको पाइएको जनाइएको छ। यसका साथै हिमालय मोटोरोक्सले पनि बिक्रीपछिको सेवाका लागि सहज रूपमा स्पेयर पार्ट्स तथा सर्भिस सुविधा उपलब्ध कुनै कसर बाँकी नराख्ने जनाएकोले समेत यो गाडीप्रति मानिसहरूको आकर्षण बढेको देखिएको कम्पनीले बताएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
