डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
काठमाडौँ । नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान’ को मान्यता प्राप्त गरेको छ । कार्ड डाटा सुरक्षासम्बन्धी विभिन्न विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवाले उक्त मान्यता प्राप्त गरेको बताइएको छ । यस मान्यताले इसेवामार्फत गरिएका सबै कारोबारहरू सुरक्षित रहेका छन् र भुक्तानी गर्ने ग्राहकका हरेक डाटा सुरक्षा गर्न कम्पनी प्रतिबद्ध छ भन्ने कुरा थप प्रमाणित गरेको जनाइएको छ ।
‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ भुक्तानी कार्डको डाटा सुरक्षाका लागि स्थापित विश्वव्यापी मान्यता प्राप्त सुरक्षा मापदण्ड हो, यसको विकास र सञ्चालन विश्व प्रसिद्ध फोरम पिसिआई सुरक्षा मापदण्ड परिषद्ले गर्दै आएको छ । यसअन्तर्गत सुरक्षित नेटवर्क तथा प्रणाली निर्माण, डाटा सुरक्षा, पहुँच नियन्त्रण, जोखिम व्यवस्थापन, नियमित परीक्षण तथा निगरानी र सूचना सुरक्षा नीति जस्ता सुरक्षा मापदण्डहरू रहेका बताइएको छ । इसेवाले भुक्तानी डाटा सुरक्षा सम्बन्धी यिनै मापदण्डहरू पूरा गर्दै ‘पीसीआई डिएसएस’ को मान्यता प्राप्त गरेको जनाएको छ ।
इसेवाका प्रमुख प्रविधि अधिकृत विपिन खनालले ‘पीसीआई डिएसएस’ को प्रमाणीकरणले प्रयोगकर्ताहरूको डाटा सुरक्षाप्रति इसेवाको प्रतिबद्धतालाई थप पुष्टि गरेको बताए । “यस प्रमाणीकरणले इसेवाको समग्र डाटा सुरक्षा तथा प्रयोगकर्ताको विश्वासप्रतिको हाम्रो प्रतिबद्धतालाई थप बलियो बनाएको छ ।” खनालले भने “हामी अन्तर्राष्ट्रिय रूपमा स्थापित सुरक्षा मापदण्ड तथा उत्कृष्ट अभ्यासअनुसार हाम्रो प्रणाली तथा प्रक्रियालाई निरन्तर स्तरवृद्धि गर्दै जानेछौँ ।”

प्रयोगकर्ताको वित्तीय तथा व्यक्तिगत जानकारीको सुरक्षालाई केन्द्रविन्दुमा राखी सेवा प्रदान गर्दै आएको इसेवाले जनाएको छ । कम्पनीले सुरक्षित डिजिटल भुक्तानीका लागि प्राविधिक सुरक्षा पूर्वाधारसँगै प्रणालीको नियमित निगरानी, जोखिम पहिचान, सुरक्षा परीक्षण, पहुँच नियन्त्रण जस्ता सुरक्षा अभ्यासलाई निरन्तर सुदृढ गर्दै आएको दाबी गरेको छ ।
पीसीआई डिएसएसको मान्यता प्राप्त हुनु इसेवाको सुरक्षित, विश्वसनीय र जिम्मेवार डिजिटल भुक्तानी इकोसिस्टम निर्माण गर्ने निरन्तर प्रयासको एउटा महत्त्वपूर्ण कोसेढुङ्गाका रूपमा रहेको कम्पनीले जनाएको छ । साथै, इसेवा आइएसओ/आइसी २७००१ः२०२२ प्रमाणित संस्था पनि हो । यस अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त प्रमाणीकरणले इसेवाका सम्पूर्ण प्रणाली र सञ्चालनहरूमा सूचना सुरक्षा जोखिमहरूको निरन्तर पहिचान, व्यवस्थापन र सुधार सुनिश्चित गर्ने बताइएको छ ।
इसेवाले आगामी दिनमा पनि प्रयोगकर्ताको डाटा तथा कारोबारको सुरक्षालाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डअनुरूप आफ्ना प्रणाली, प्रक्रिया र सुरक्षा अभ्यासलाई निरन्तर सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
