रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
रौतहट। बाराको कलैयाबाट शनिबार साँझ बेपत्ता भएकी दुई वर्षीया बिन्दी मण्डल सकुशल फेला परेकी छन्। रातभर सुरक्षा निकाय र स्थानीयले खोजी गरेपछि आइतबार बिहान बालिका कलैया–२६ सिसवा महेशपुरमा फेला परेकी हुन्।
कलैया उपमहानगरपालिका–१ कट्टीपर्साका मुकेश मण्डलकी छोरी बिन्दीलाई सडक छेउको नालामा रोइरहेको अवस्थामा स्थानीय एक महिलाले फेला पारेकी थिइन्। उनले बालिकालाई नालाबाट उद्धार गरी आफ्नै घरमा लगेर सुरक्षित राखेकी थिइन्।
बालिका फेला परेको जानकारी पाएपछि प्रहरीले अभिभावकसँग समन्वय गरी उनलाई सुरक्षित रूपमा परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
बालिका हराएको सूचना प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरको नेतृत्वमा खोजी अभियान तीव्र पारिएको थियो। नेपाल प्रहरीसँगै नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिएको थियो भने तालिमप्राप्त कुकुरसहितको प्रहरी टोलीले समेत सम्भावित क्षेत्रमा खोजी गरेको थियो।
बाराको सिमरामा तीन वर्षीया गरिमा चौधरीको हत्या घटनाले बालबालिकाको सुरक्षामाथि गम्भीर प्रश्न उठिरहेका बेला कलैयाबाटै दुई वर्षीया बालिका हराएपछि स्थानीयमा थप त्रास फैलिएको थियो। बिन्दी सकुशल भेटिएपछि भने परिवार र स्थानीयले राहतको सास फेरेका छन्।
यद्यपि, दुई वर्षकी बालिका घरबाट टाढा सिसवा महेशपुरसम्म कसरी पुगिन् भन्ने विषय अझै खुल्न सकेको छैन। सडक किनारको नालामा बालिका भेटिनुको कारण तथा उनी त्यहाँसम्म पुग्नुको अवस्थाबारे प्रहरीले थप अनुसन्धान गर्ने अपेक्षा गरिएको छ।
बालिका सकुशल फेला पर्नु सुखद भए पनि पछिल्ला घटनाक्रमले बालबालिकाको सुरक्षामा अभिभावकदेखि सुरक्षा निकायसम्म थप सतर्कता आवश्यक रहेको देखाएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
