कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते आयोजना गर्ने भएको छ। बैंकका अनुसार साधारणसभा काठमाडौँको बालुवाटार रोडस्थित आम्रपाली बैंक्वेटमा हुनेछ। सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट साधारण शेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारितका लागि पेश गरिनेछ।
त्यस्तै, अग्राधिकार शेयरधनीलाई अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ। सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा-नोक्सान बाँडफाँट हिसाब तथा वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गर्नेछ।
यसैगरी, बाह्य लेखापरीक्षक नियुक्ति गर्नेलगायतका विभिन्न प्रस्ताव पनि साधारणसभामा पेश हुने बैंकले जनाएको छ। बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले भदौ १७ गतेसम्म कायम शेयरधनीहरू मात्र प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन योग्य हुनेछन्। गत आर्थिक वर्ष बैंकले बोनस शेयर र नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो।
सम्बन्धित समाचार
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
