मधेश सरकारका मन्त्री–कर्मचारीले एक दिनको तलब विपद् कोषमा जम्मा गर्ने
जनकपुरधाम । मधेश प्रदेश सरकारले रसुवा जिल्लाको भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीको घटनाप्रति दुख व्यक्त गर्दै सबै मन्त्री र कर्मचारीको एक दिन बराबरको तलब विपद् व्यवस्थापन कार्यमा सहयोग गर्ने उद्देश्यले केन्द्रिय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
बुधवार मन्त्रिपरिषदको बसेको बैठकबाट भोटेकोसी नदीमा आएको बाढीका कारण भएको जनधनको व्यापक क्षति प्रति गहिरो दुःख प्रकट गर्दै मधेश प्रदेश सरकार मृतकप्रति हार्दिक समवेदना व्यक्तसहित घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
प्रभावित क्षेत्रका नागरिकको खोज, उद्धार र राहत कार्यमा सहयोग पुर्याउन मधेस प्रदेशका आम नागरिक, बुद्धिजीवी, उद्यमी, व्यवसायी, समाजसेवी तथा आमसञ्चार जगतलाई मधेश प्रदेश सरकार हार्दिक अपिल गरेको छ ।
यसका साथै यस विपद्को घडीमा विपद् व्यवस्थापनको कार्यमा सहयोग पुर्याउन मधेस प्रदेश, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री लगायत सम्पूर्ण पदाधिकारी र कर्मचारीको एक दिन बराबरको तलब केन्द्रीय विपद् व्यवस्थापन कोषमा दाखिला गर्ने निर्णय गरेको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
