लिपमोटर सी १० अब विशेष मूल्यमा, सांग्रिला मोटर्सले तोक्यो रु. ७५.९९ लाख
काठमाडौँ । गोल्छा अर्गनाइजेसन अन्तर्गत नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा. लि.ले आफ्नो इलेक्ट्रिक एसयूभी, लिपमोटर सी १० २०२६ मोडलका लागि विशेष अफर मूल्य रु. ७५.९९ लाख घोषणा गरेको छ भने त्यसपछि यसको मूल्य रु. ७७.९९ लाख हुने जनाएको छ । सी १० को २०२६ मोडलमा अपडेटेड स्मार्ट कनेक्टिभिटी सुविधाहरू समावेश गरिएका छन्, जसमा गाडीको आधिकारिक लिपमोटर एपका साथै एप्पल कारप्ले र एन्ड्रोइड अटोको सुविधा रहेको बताइएको छ।
कम्पनीका अनुसार सी १० नेपालमा लिपमोटरको सबैभन्दा बढी बिक्री भएको र रुचाइएको गाडी हो भने उच्च सुरक्षा र फराकिलो केबिन स्पेसका लागि सेल–टु–चेसिस (सीएलटिसी) प्रविधिमा निर्मित यस एसयूभीमा १६० किलोवाटको इलेक्ट्रिक रीअर व्हील ड्राइभ (आरडब्लुडी) मोटर रहेको छ, जसले एक पटकको फुलचार्जमा ५३० किमी रेन्ज (सीएलटिसी) र १९० एमएम ग्राउन्ड क्लियरेन्स प्रदान गर्छ । सी १० को इन्टेरियरमा १४.६–इन्चको सेन्ट्रल टचस्क्रिन, १०.२५–इन्चको डिजिटल ड्राइभर डिस्प्ले, २.१ वर्ग मिटरको प्यानोरमिक ग्लास रूफ, एल २ एडास सुरक्षा सुविधाहरू र आरामदायक प्रिमियम लेदरेट सिटहरू रहेका जनाइएको छ ।
सांग्रिला मोटर्सले सम्पूर्ण अवलोकनकर्ता तथा ग्राहकहरूले देखाउनुभएको विश्वास र सहयोगका लागि हार्दिक आभार प्रकट गरेको छ । माजेराटि, अल्फा रोमियो र प्युजो जस्ता विश्वप्रसिद्ध १४ वटा ब्राण्डहरूको प्रख्यात अटोमोटिभ समूह ’स्टेलान्टिस’को विश्वव्यापी सहकार्यमा सञ्चालित लिपमोटर चीनको नम्बर १ स्टार्ट–अप न्यु इनर्जी भेहिकल ( एनइभी) ब्राण्ड हो । लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ, जसमध्ये जुलाई महिनामा मात्रै १ लाखभन्दा बढी युनिट बिक्री भएको कम्पनीले बताएको छ । विश्वका ५० भन्दा बढी देशहरूमा फैलिएको १,७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरूको विस्तृत सञ्जालमार्फत लिपमोटरले आफ्ना ग्राहकहरूलाई पूर्ण रूपमा ढुक्क र विश्वस्त स्वामित्वको प्रदान गर्दै आएको जनाइएको छ ।
सम्बन्धित समाचार
विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
१०,००० एमएएच ब्याट्रीसहित रेडमी नोट १७ सिरिज सार्वजनिक, प्रो सिरिजमा बड्स ६ प्ले उपहार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

