Jankari Kendra
१६ भाद्र २०८३, मंगलवार
Worldlink

भोटेकोसी बाढीको त्रासबीच डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित स्थानमा सारियो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, भाद्र, १५
भोटेकोसी बाढीको त्रासबीच डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित स्थानमा सारियो

काठमाडौं। रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण डुबानमा परेको कृषि विकास बैंक, त्रिशूली ढुङ्गे शाखाबाट डेढ करोड रुपैयाँ नगद र करिब ५० करोड रुपैयाँ बराबरको सुन सुरक्षित स्थानमा सारिएको छ।

प्रहरी टोलीको निरन्तर आठ घण्टाको कडा मिहिनेत र प्रयासपछि बैंकको भल्टमा रहेको १ करोड ५० लाख नगद, अनुमानित ५० करोड रुपैयाँ बराबरको सुनका गहना तथा महत्त्वपूर्ण सरकारी र बैंकका कागजातहरू सुरक्षित रूपमा बाहिर निकालिएको हो।

प्रहरीका अनुसार बाढीको जोखिमका बाबजुद सुरक्षाकर्मी र स्थानीयको सहयोगमा बैंकका महत्त्वपूर्ण सम्पत्ति र कागजातहरू सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो।

Top Changing Nepal

युट्युब सट्स