भोटेकोसी बाढीको त्रासबीच डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित स्थानमा सारियो
जानकारी केन्द्र
२०८३, भाद्र, १५
काठमाडौं। रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण डुबानमा परेको कृषि विकास बैंक, त्रिशूली ढुङ्गे शाखाबाट डेढ करोड रुपैयाँ नगद र करिब ५० करोड रुपैयाँ बराबरको सुन सुरक्षित स्थानमा सारिएको छ।
प्रहरी टोलीको निरन्तर आठ घण्टाको कडा मिहिनेत र प्रयासपछि बैंकको भल्टमा रहेको १ करोड ५० लाख नगद, अनुमानित ५० करोड रुपैयाँ बराबरको सुनका गहना तथा महत्त्वपूर्ण सरकारी र बैंकका कागजातहरू सुरक्षित रूपमा बाहिर निकालिएको हो।
प्रहरीका अनुसार बाढीको जोखिमका बाबजुद सुरक्षाकर्मी र स्थानीयको सहयोगमा बैंकका महत्त्वपूर्ण सम्पत्ति र कागजातहरू सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
