वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
काठमाडौँ । हालै चीनको सिजाङ तिब्बत क्षेत्रबाट आएको भीषण बाढीका कारण रसुवा,नुवाकोट,धादिङ,चितवन र पूर्वी नवलपरासीलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति नेपाल वनस्पति घ्यु तेल उत्पादक संघले दुःख व्यक्त गरेको छ ।
विपद् बाट प्रभावित परिवारलाई तत्काल राहत,उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउन संघ र सदस्य उद्योगहरुले प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख रुपैँया सहयोग गर्ने निर्णय गरेका छन् ।
संघका अध्यक्ष विकास दुगडले अन्य सदस्यहरुसहित अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका बताइएको छ ।
संघले बाढी तथा विपद्मा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । त्यस्तैगरी बेपत्ता व्यक्तिहरुको यथाशीघ्र खोजी तथा उद्धार र प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुर्वाधार निर्माणमा सरकार तथा सम्बन्धित निकायले प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिइएको जनाइएको छ ।
सम्बन्धित समाचार
विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
१०,००० एमएएच ब्याट्रीसहित रेडमी नोट १७ सिरिज सार्वजनिक, प्रो सिरिजमा बड्स ६ प्ले उपहार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

