ऋद्धि सिद्धि र सौर्य सिमेन्टद्धारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
काठमाडौँ । भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ऋद्धि सिद्धि सिमेन्ट र सौर्य सिमेन्टले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ करोड १ लाख रुपैँया सहयोग गरेका बताइएको छ ।
कम्पनीले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
राहत,पुनःस्थाना पुनर्निमाणमा सहयोग गर्ने उद्धेश्यले ऋद्धि सिद्दि सिमेन्टले ५१ लाख रुपैँया र सौर्य सिमेन्टले ५० लाख रुपैँया गरी कुल १ करोड १ लाख रुपैँया सहयोग गरेका बताइएको छ ।
ऋद्दि सिद्धि सिमेन्टका अध्यक्ष शोभाकर न्यौपानेले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई कम्पनी परिवारका तर्फबाट उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।
कम्पनीले विपद्को कठिन समयमा प्रभावित नागरिकको उद्धार तथा राहतमा खटिएका उद्धारकर्मी,सुरक्षाकर्मी ,प्रशासन तथा स्वास्थ्यकर्मीलगायत सबैप्रति सम्मान तथा आभार व्यक्त गरेको जनाइएको छ ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
