ऋद्धि सिद्धि र सौर्य सिमेन्टद्धारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
काठमाडौँ । भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ऋद्धि सिद्धि सिमेन्ट र सौर्य सिमेन्टले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ करोड १ लाख रुपैँया सहयोग गरेका बताइएको छ ।
कम्पनीले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
राहत,पुनःस्थाना पुनर्निमाणमा सहयोग गर्ने उद्धेश्यले ऋद्धि सिद्दि सिमेन्टले ५१ लाख रुपैँया र सौर्य सिमेन्टले ५० लाख रुपैँया गरी कुल १ करोड १ लाख रुपैँया सहयोग गरेका बताइएको छ ।
ऋद्दि सिद्धि सिमेन्टका अध्यक्ष शोभाकर न्यौपानेले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई कम्पनी परिवारका तर्फबाट उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।
कम्पनीले विपद्को कठिन समयमा प्रभावित नागरिकको उद्धार तथा राहतमा खटिएका उद्धारकर्मी,सुरक्षाकर्मी ,प्रशासन तथा स्वास्थ्यकर्मीलगायत सबैप्रति सम्मान तथा आभार व्यक्त गरेको जनाइएको छ ।
सम्बन्धित समाचार
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
