Jankari Kendra
१९ भाद्र २०८३, शुक्रबार
Worldlink

२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, भाद्र, १९
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

मेष राशी-
मुद्धामामिलाको झमेला आउन सक्छ । पशुबाट हानी हुने योग छ । आफन्तसंगको सम्बन्ध विग्रन सक्छ । आत्मविश्वास राख्नुहोला । आजको दिनमा हनुमानजीको स्मरण गरेर दिनको सुरुवात गर्नुहोला ।

वृष राशी-
नसोचेको खबर सुन्न पाउने योग छ । वैदेशिक योगको लागि राम्रो समय छ । पारिवारीक सुख प्राप्त होला । नौकरीमा झमेला हुने छ । सामान्य विवाद हुने छ । आज दिनभरि संयम रहनु होला।

मिथुन राशी-
पारिवारीक जिम्मेवारी बढ्ने छ । बिहान ११ बजेको समय पछिको समय शुभ हुने छ । मन प्रसन्न रहला । नयाँ ठाउँ घुम्ने वा नयाँ वस्तु प्रयोग हुने योग छ । नून दान गरेर दिनको सुभारम्भ गर्नुहोला ।

कर्कट राशी-
दाम्पत्य सुख बढ्दै जाने छ । पठनपाठनमा मन जाने छ । बोलीको प्रभाव रहने छ । ऊर्जावान समय छ नयाँ योजना सहित कार्य गर्नुहोला । आजको दिनमा दुध वा दुधबाट बनेको परिकार दान गर्नुहोला ।

सिंह राशी-
पुराना याद र सम्झनाले सताउने छ । साँझको समयमा सेवामुलक कार्य गर्ने अवसर प्राप्त हुने छ । सृजनात्मक कार्यको प्रसंंसा होला । आज मानव सेवामा समय खर्च गर्नुहोला शुभ फल प्राप्त हुने छ ।

कन्या राशी-
आजको दिन नयाँ सोचाईमा बित्ने छ । सेवा गर्ने अवसर प्राप्त होला । ग्याट्रिकजन्य रोगले सताउने छ । सन्तान सुख प्राप्त हुने छ । गुरुबाट आर्शिवाद लिएर दिनको सुरुवात गर्नुहोला शुभ होला।

तुला राशी-
बिग्रेको काम बन्ने तर आर्थिक कुरामा बिवाद बढने छ । शत्रुको भय कायम रहने छ । बोली रुखो बन्ने छ । साझको समय घरायसी विवाद बढ्ने छ । आज माता लक्ष्मीको स्मरण गरेर दिनको सुरु गर्नुहोला ।

वृश्चिक राशी-
झुठो आरोपको सामना गर्नुपर्ने छ । मन चन्चल रहने छ । धन खर्चको योग बनेको छ । आफ्नो लुगाकपडा अरुलाई प्रयोग गर्न नदिनु होला । आज दिनभरि अनुशासनमा बस्नुहोला ।

धनु राशी-
यात्राको अवसर प्राप्त हुँदा मन प्रसन्न हुने छ । नयाँ मित्रता बन्ने योग छ । पारिवारीक सहयोग प्राप्त होला । स्वास्थ्यमा सामान्य समस्या आउने छ । आज चना दान गरेर दिनको शुभारत्म गर्नुहोला ।

मकर राशी-
नयाँ सम्बन्धहरु जोडिदै जाने छन् । मन रोमान्चित हुने छ । कपडा र फलामजन्य वस्तुबाट लाभ प्राप्त हुने छैन । नयाँ कार्य गर्दा सोचेर गर्नुहोला । आज तोरिको तेल दान गरेर दिनको सुरुवात गर्नुहोला ।

कुम्भ राशी-
दाम्पत्य सुखमा सामान्य सुधार आउने छ । घरयसी जिम्मेवारी बढ्ने छ । साँझतिर धन खर्च हुने योग छ । केही नयाँ वस्तुको प्रयोग हुने देखिन्छ । आज दिनभरि सुन चाँदिको प्रयोग कम गर्नुहोला ।

मिन राशी-
बोलीको प्रभाव बढ्ने छ । धर्मकर्ममा मन जाने छ । आत्मविश्वासमा कमी आउने छ । स्वास्थ्यमा सामान्य समस्या देखिने छ । आफुले लगाउने कपडा दान गरेर दिनको शुभारम्भ गर्नुहोला।

Top Changing Nepal

युट्युब सट्स