कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
सुर्खेत। कर्णाली प्रदेशकै सबैभन्दा ठूलो अस्पताल कर्णाली प्रदेश अस्पताल भदौ २२ र २३ गते पनि खुल्ने भएको छ।
संघीय सरकारले भदौ २२ गते भोटेकोशी बाढी पीडितको शोक दिवस मनाउने र २३ गते जेनजी आन्दोलनका शहिदको सम्झनामा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
कर्णाली प्रदेश अस्पतालका निर्देशक डा। गणेश थापाले आफूहरूले शनिबार र आइतबार बाहेक अन्य कुनै पनि सार्वजनिक बिदाका दिनमा अस्पतालले सेवा प्रवाह गर्ने बताए।
“ती दुवै दिन हामीले सेवा प्रवाह गर्छौं,” उनले भने, “सेवाग्राही निर्धक्क भएर सेवा लिन अस्पताल आए हुन्छ।” उनले आज पनि अस्पतालले सेवा प्रवाह गरिरहेको बताए।
अस्पतालले २०८३ बैशाखदेखि नियमित शनिबार र आइतबार बाहेकका सार्वजनिक विदा तथा आकस्मिक बिदामा ओपीडीसहितका सबै विशेषज्ञ सेवा दिइरहेको छ। जसबाट कर्णाली जस्तो जटिल भूगोलबाट आएका बिरामीलाई लामो विदामा पनि धेरै कुर्नु नपर्ने र सेवा प्रवाहमा समेत सहज भएको छ।
सम्बन्धित समाचार
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

