कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
सुर्खेत। कर्णाली प्रदेशकै सबैभन्दा ठूलो अस्पताल कर्णाली प्रदेश अस्पताल भदौ २२ र २३ गते पनि खुल्ने भएको छ।
संघीय सरकारले भदौ २२ गते भोटेकोशी बाढी पीडितको शोक दिवस मनाउने र २३ गते जेनजी आन्दोलनका शहिदको सम्झनामा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
कर्णाली प्रदेश अस्पतालका निर्देशक डा। गणेश थापाले आफूहरूले शनिबार र आइतबार बाहेक अन्य कुनै पनि सार्वजनिक बिदाका दिनमा अस्पतालले सेवा प्रवाह गर्ने बताए।
“ती दुवै दिन हामीले सेवा प्रवाह गर्छौं,” उनले भने, “सेवाग्राही निर्धक्क भएर सेवा लिन अस्पताल आए हुन्छ।” उनले आज पनि अस्पतालले सेवा प्रवाह गरिरहेको बताए।
अस्पतालले २०८३ बैशाखदेखि नियमित शनिबार र आइतबार बाहेकका सार्वजनिक विदा तथा आकस्मिक बिदामा ओपीडीसहितका सबै विशेषज्ञ सेवा दिइरहेको छ। जसबाट कर्णाली जस्तो जटिल भूगोलबाट आएका बिरामीलाई लामो विदामा पनि धेरै कुर्नु नपर्ने र सेवा प्रवाहमा समेत सहज भएको छ।
सम्बन्धित समाचार
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
