कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
काठमाडौँ। कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ आज, शुक्रबारदेखि नेपालमा प्रदर्शनमा आएको छ ।
चलचित्रले सन् २०२६ को कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा ‘जुरी प्राइज’ हासिल गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सिनेमाका लागि एक ऐतिहासिक गौरवको क्षण सिर्जना गर्न सफल भएको बताइएको छ ।
चलचित्रको व्यावसायिक प्रदर्शनको पूर्वसन्ध्यामा चलचित्रको निर्माण टोली र ‘जोन्टा क्लब अफ काठमाण्डु’को आयोजनामा विशेष ‘फन्ड–रेजर’ प्रदर्शनहरू गरिएको थियो जसको माध्यमबाट भोटेकोशी बाढीबाट प्रभावितहरूका लागि सहयोगार्थ कोष संकलन गरिएको जनाइएको छ । ती विशेष प्रदर्शनहरूबाट प्राप्त आम्दानी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरिएको छ भने यो पहलले पुनःनिर्माण र पुनःस्थापनाको प्रयासमा जुटिरहेका बाढी प्रभावित परिवार तथा समुदायलाई सहयोग पु¥याउने निर्माण टोलीको विश्वास छ ।

समुदाय, अपनत्व र एक–अर्काको साथमा उभिने मानिसहरूको कथा बोकेको यस चलचित्रको नेपाल यात्रामा यो पहलले अझ गहिरो अर्थ थपेको बताइएको छ ।
जङ्गल र जङ्गली हात्तीहरूले घेरिएको एउटा नेपाली गाउँको पृष्ठभूमिमा आधारित ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’, पिरती नाम गरेका किन्नर समुदायकी एक महिलाको कथा हो भने उनको संसार तब परिवर्तन हुन्छ जब उनकी छोरी हराउँछिन् । हराएकि छोरीको खोजीको रूपमा सुरू हुने यो यात्रा प्रेम, स्वतन्त्रता, उत्तरदायित्व र अपनत्वको बारेमा एक गहिरो मानवीय कथामा परिणत हुन्छ ।
यो चलचित्र निर्देशक शाहको फिचर निर्देशकीय डेब्यु हो र यो कान्सको ‘अन सर्टेन रिगार्ड’ विधाका लागि छोटो सूचीमा छनौट भएको थियो, जहाँ यसले ‘जुरी प्राइज’ प्राप्त गर्न सफल भएको जनाइएको छ । अन्तर्राष्ट्रिय मञ्चमा चर्चा र प्रशंसा बटुलेपछि, ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ अब घरेलु दर्शकमाझ आएको निर्माण टोलीले बताएको छ ।
शुक्रबारदेखि देशैभरका सिनेमा हलहरूमा प्रदर्शन भइरहेको चलचित्र दर्शकहरूले आफुलाई पायक पर्ने सिनेमा हलमा गई ठूलो पर्दामा अनुभव गर्न सक्ने जनाइएको छ ।
सम्बन्धित समाचार
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
