२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
मेष राशि-
दिन सामान्य रहनेछ। घरायसी व्यवहार मिलाउनुपर्नेमा समय खर्च हुनेछ। नयाँ लगानी गर्ने राम्रो समय छैन, धन फस्ने सम्भावना छ। आज बिहान गाईलाई पुरी खुवाएर दिनको शुभारम्भ गर्नुहोला।
वृष राशि-
कामको अवसर पाइनेछ। आर्थिक उन्नति होला। प्रेममा विवाद उत्पन्न हुनसक्छ। साँझतिर मानसिक तनाव बढ्नेछ र निद्रा बिग्रन सक्छ। आज रातो रुमाल दान गरेर दिनको शुभारम्भ गर्नुहोला।
मिथुन राशि-
केही महत्त्वपूर्ण कार्य गर्नुपरेमा बिहान ११ः३० बजेभित्र गर्नुहोला। बेलुका लामो दूरीको यात्रामा ननिस्कनुहोला। सामान्य झमेला र चोटपटकको योग छ। आज हरियो वस्तुको प्रयोग गर्नुहोला।
कर्कट राशि
नोकरी र व्यापारमा सफलता प्राप्त हुनेछ। समृद्धि बढ्ने योग छ। मन चञ्चल रहला। आफन्तबाट हेलामा परिने समय छ, ख्याल गर्नुहोला। अष्टगन्धको टीका लगाएर दिनको सुरुवात गर्नुहोला।
सिंह राशि-
खानपिनमा विशेष ध्यान दिनुहोला। बोलीको प्रभाव पनि कमजोर रहनेछ। आमाबुवाप्रति सम्मान बढ्नेछ। बिहानतिर टाढाको यात्रा नगर्नुहोला। गरिबलाई भोजन र कपडा दान गर्न आज शुभ दिन छ।
कन्या राशि-
रुचिअनुसार खानपिन नहुन सक्छ। व्यापार र नोकरीमा सामान्य प्रगति देखिन्छ। मन उदास हुनेछ। आफ्नो इष्टदेवतालाई सम्झेर पहेँलो फूल चढाएर दिनको सुरुवात गर्नुहोला।
तुला राशि-
अपजस पाउने योग छ, त्यसैले आज संयम रहनुहोला। स्वास्थ्यमा सुधार हुनेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। आमाबुवाको सेवा गर्नुहोला र खराब खानपिनबाट जोगिनुहोला।
वृश्चिक राशि-
बिहानको समयमा सामान्यतया आलस्य भए पनि दिउँसोदेखि फुर्तिलोपना आउनेछ। धन, विद्या र बुद्धिमा प्रगति देखिन्छ। आफन्तसँगको सम्बन्धमा सुधार हुनेछ। कुकुरलाई खानेकुरा दिनुहोला।
धनु राशि-
सन्तानको पिरले सताउनेछ। दिन सामान्य र नियमित कार्यमा बित्नेछ। नयाँ काम गर्ने अवसर छैन। आमाबुवाको सेवा गर्ने अवसर पाइएला। आज पिपलको दर्शन गरेर दिनको सुरुवात गर्नुहोला।
मकर राशि-
दाम्पत्य सम्बन्धमा सुधार आउनेछ। मन प्रसन्न रहनेछ। धार्मिक कार्य गर्ने अवसर पाइनेछ। बोलीमा संयम राख्नुहोला, भेटघाटका प्रशस्त अवसर प्राप्त हुनेछन्। निलो वस्तुको प्रयोग गर्नुहोला।
कुम्भ राशि-
दिउँसो स्वास्थ्यमा सामान्य गडबडी आउनेछ। साँझको समयमा मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ। आफन्तसँगको सम्बन्ध सुधार हुनेछ। आज कापी-कलम दान गर्नु शुभ हुनेछ।
मीन राशि-
पढाइलेखाइमा मन जानेछ। व्यापारमा प्रगति हुनेछ। सामाजिक कार्यमा मन जानेछ र मन प्रसन्न रहनेछ। आज माता लक्ष्मीको पूजारसेवा गरेर दिनको सुरुवात गर्नु शुभ हुनेछ।
सम्बन्धित समाचार
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
आज गौरा सप्तमी, शिव–पार्वतीको पूजा गरी मनाइँदै
२०८३ भदौं १७ गते बुधबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
आज मङ्गलचौथी, गणेशको पूजा–आराधना गरी मनाइँदै
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १५ गते सोमबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान

