Jankari Kendra
२० भाद्र २०८३, शनिबार
Worldlink

कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, भाद्र, २०
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र

काठमाडौँ । नेपालका लागि लिपमोटरको एकमात्र आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा. लि. ले लिपमोटर बि १० को आपूर्ति तथा ढुवानी प्रणालीमा परिमार्जन गरेको बताएको छ । सामान्यतया चीनबाट रसुवागढी नाका हुँदै गाडीहरू आयात गरिने भए तापनि, हालै रसुवा क्षेत्रमा आएको बाढीका कारण उक्त मार्गमा अस्थायी अवरोध सिर्जना भएको छ । सम्भावित ढिलाइलाई रोक्दै ग्राहकहरूलाई तोकिएकै समयमा गाडी उपलब्ध गराउन सांग्रिला मोटर्सले लिपमोटर बि १० गाडीहरू मुस्ताङस्थित कोरला नाकाबाट नेपाल भित्र्याउन सुरु गरेको छ भने यससँगै ग्राहकहरूलाई गाडी डेलिभरी गर्ने कार्य छिट्टै सुरु हुने कम्पनीले जनाएको छ।

नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा लिपमोटर बि १० ले पाएको उत्साहजनक प्रतिक्रिया तथा अत्यधिक बुकिङलाई ध्यानमा राख्दै यो निर्णय लिइएको बताइएको छ । कम्पनीका अनुसार ग्राहकहरूको यही उच्च मागलाई छिटोभन्दा छिटो पूरा गर्न सांग्रिला मोटर्सले कोरला नाकाबाट हुने ढुवानी तथा भन्सार जाँचपासको प्रक्रियालाई तीव्र बनाएको छ, जसले गर्दा देशभरका खरिदकर्ताहरूले सहज र द्रुत रूपमा गाडी प्राप्त गर्न सक्नेछन् ।

बजेट भाषणपछि लिपमोटर बि १० को मूल्य घटेसँगै यो ईभी पारखीहरूमाझ थप लोकप्रिय बनेको जनाइएको छ । रु. ५४.९९ लाख मूल्य तोकिएको बि १० मा १६० किलोवाटको शक्तिशाली रियर ह्विल ड्राइभ मोटर र ६७.१ किलोवाट आवर्स क्षमताको ब्याट्री रहेको छ, जसले एकपटकको पूर्ण चार्जमा ६०० किलोमिटर सम्मको उत्कृष्ट रेन्ज प्रदान गर्दछ । आरामदायी र व्यावहारिक प्रयोगका लागि निर्मित यस गाडीमा १८० मिमीको ग्राउण्ड क्लियरेन्स रहनुका साथै १४.६ इन्चको २.५ के एचडी टचस्क्रिन, एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटी, रेकर्डिङ सुविधासहितको ३६०–डिग्री क्यामेरा, हिटर र भेन्टिलेसन सुविधासहितको प्रिमियम लेदरेट सिट, र यस सेगमेन्टमै सनसेडसहितको सबैभन्दा ठूलो प्यानोरामिक सनरूफ जस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध रहेको कम्पनीले बताएको छ ।

Top Changing Nepal

युट्युब सट्स