जेको जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
काठमाडौं । नेपालमा ओमोडा जेकु सवारीसाधनको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्स प्रा.लि. ले जेकु जे ५ प्रो लाई रु. ४७.९९ लाखको आकर्षक मूल्यमा उपलब्ध गराएको घोषणा गरेको छ । उन्नत प्रविधि, उत्कृष्ट एसयुभी क्षमता तथा प्रिमियम सुविधाहरूले सुसज्जित जेकु जे ५ प्रो ले ग्राहकलाई आकर्षक मूल्यमा प्रिमियम इलेक्ट्रिक एसयुभी अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।
जेकु जे ५ प्रो, रु.५४.९९ लाख मूल्यमा जेकु जे ५ सँगै बजारमा उपलब्ध हुनेछ भने यी दुई भेरियन्टले मुख्यतः ब्याट्री क्षमता र ड्राइभिङ रेन्जका आधारमा ग्राहकलाई आफ्नो आवश्यकता तथा प्राथमिकताअनुसार छनोट गर्ने सुविधा प्रदान गर्ने जनाइएको छ। जेकु जे ५ प्रो मा ५०.७ किलोवाट–आवर ब्याट्री जडान गरिएको छ, जसले दाबी गरिएको ४०५ किमी एनइडिसी रेन्ज प्रदान गर्छ। कम्पनीका अनुसार यसले प्रिमियम इलेक्ट्रिक एसयुभी चाहने तथा आकर्षक मूल्य र रेन्जको सन्तुलन खोज्ने ग्राहकका लागि यो एक उत्कृष्ट विकल्प बनाउँछ।
अझ पहुँचयोग्य मूल्यमा उपलब्ध भए पनि जेकु जे ५ प्रो मा जेकु जे ५ का धेरै महत्वपूर्ण सुविधाहरू कायम राखिएका बताइएको छ। दुवै मोडलमा १८५ मिमि ग्राउन्ड क्लियरेन्स रहेको छ, जसले नेपालको विविध सडक अवस्थाका लागि उपयुक्त बनाउँछ भने ४८० लिटरको बुट स्पेस ले दैनिक प्रयोग तथा लामो यात्राका लागि पर्याप्त व्यावहारिकता प्रदान गर्ने जनाइएको छ।
कम्पनीका अनुसार,दुवै भेरियन्टमा प्यानोरामिक मुनरुफ, स्पेयर टायर तथा लेभल २ एडास उपलब्ध छन्, जसले आराम, व्यावहारिकता र उन्नत सुरक्षा प्रविधिको संयोजन सुनिश्चित गर्नुका साथै दुवै मोडलले २८८ एनएम टर्क प्रदान गर्ने भएकाले सहज तथा प्रतिक्रियाशील प्रदर्शनका साथै आत्मविश्वासपूर्ण ड्राइभिङ अनुभव प्रदान गर्छन्।
जेकु जे ५ र जेकु जे ५ प्रो बीचको तुलना
जेकु जे ५ प्रो र जेकु जे ५ बीच तुलना गर्दा,जे ५ प्रो को अफर मूल्य रु.४७.९९ लाख छ भने जे ५ को मूल्य रु.५४.९९ लाख रहेको बताइएको छ । जे ५ प्रोमा ५०.७ किलोवाट आवर ब्याट्री र ४०५ किमी एनइडीसि रेन्ज छ भने जे ५ मा ५८.९ किलोवाट आवर ब्याट्री र ४६१ किमी एनडीसि रेन्ज उपलब्ध छ । दुवै मोडलमा २८८ एनएम टर्क,१८५ मिमि ग्राउन्ड क्लियरेन्स,लेभल २ एडास,प्यानोरोमिक मुनरुफ,स्पेयर टायर र ४८० लिटर बुट स्पेस समान रुपमा उपलब्ध छन् ।
समान २८८ एनएम टर्क, १८५ मिमि ग्राउन्ड क्लियरेन्स,लेभल २ एडास, प्यानोरामिक मुनरुफ, स्पेयर टायर र ४८० लिटर बुट स्पेस सहित जेकु जे ५ प्रोले जेकु जे ५ का मुख्य विशेषताहरूलाई निरन्तरता दिएको कम्पनीको दाबी छ। यसमा तुलनात्मक रूपमा सानो ब्याट्री तथा छोटो रेन्ज भए पनि निकै आकर्षक तथा पहुँचयोग्य मूल्यमा उपलब्ध गराइएको जनाइएको छ।
रु.५४.९९ लाख मूल्यको जेकु जे ५ मा ठूलो ५८.९ किलोवाट–आवर ब्याट्री रहेको छ, जसले दाबी गरिएको ४६१ किमी एनईडीसी रेन्ज प्रदान गर्नुुका साथै यसले थप ड्राइभिङ रेन्जलाई प्राथमिकता दिने ग्राहकका लागि उपयुक्त विकल्प प्रस्तुत गर्ने बताइएको छ।
रु.४७.९९ लाख मा जेकु जे ५ प्रोको आगमनसँगै नेपालमा बढ्दो इलेक्ट्रिक एसयुभी बजारमा जेकुको उपस्थिति अझ सुदृढ हुने अपेक्षा गरिएको छ। जेकु जे ५ प्रोले ग्राहकलाई उत्कृष्ट श्रेणीका सुविधाहरूमा सम्झौता नगरी आफ्नो आवश्यकता, बजेट र ड्राइभिङ रेन्जको प्राथमिकताअनुसार थप विकल्प छनोट गर्ने अवसर प्रदान गर्ने जनाइएको छ।
सम्बन्धित समाचार
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सको लगानी
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

