जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
काठमाडौं । नेपालमा ओमोडा जेकु सवारीसाधनको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्स प्रा.लि. ले जेकु जे ५ प्रो लाई रु. ४७.९९ लाखको आकर्षक मूल्यमा उपलब्ध गराएको घोषणा गरेको छ । उन्नत प्रविधि, उत्कृष्ट एसयुभी क्षमता तथा प्रिमियम सुविधाहरूले सुसज्जित जेकु जे ५ प्रो ले ग्राहकलाई आकर्षक मूल्यमा प्रिमियम इलेक्ट्रिक एसयुभी अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।
जेकु जे ५ प्रो, रु.५४.९९ लाख मूल्यमा जेकु जे ५ सँगै बजारमा उपलब्ध हुनेछ भने यी दुई भेरियन्टले मुख्यतः ब्याट्री क्षमता र ड्राइभिङ रेन्जका आधारमा ग्राहकलाई आफ्नो आवश्यकता तथा प्राथमिकताअनुसार छनोट गर्ने सुविधा प्रदान गर्ने जनाइएको छ। जेकु जे ५ प्रो मा ५०.७ किलोवाट–आवर ब्याट्री जडान गरिएको छ, जसले दाबी गरिएको ४०५ किमी एनइडिसी रेन्ज प्रदान गर्छ। कम्पनीका अनुसार यसले प्रिमियम इलेक्ट्रिक एसयुभी चाहने तथा आकर्षक मूल्य र रेन्जको सन्तुलन खोज्ने ग्राहकका लागि यो एक उत्कृष्ट विकल्प बनाउँछ।
अझ पहुँचयोग्य मूल्यमा उपलब्ध भए पनि जेकु जे ५ प्रो मा जेकु जे ५ का धेरै महत्वपूर्ण सुविधाहरू कायम राखिएका बताइएको छ। दुवै मोडलमा १८५ मिमि ग्राउन्ड क्लियरेन्स रहेको छ, जसले नेपालको विविध सडक अवस्थाका लागि उपयुक्त बनाउँछ भने ४८० लिटरको बुट स्पेस ले दैनिक प्रयोग तथा लामो यात्राका लागि पर्याप्त व्यावहारिकता प्रदान गर्ने जनाइएको छ।
कम्पनीका अनुसार,दुवै भेरियन्टमा प्यानोरामिक मुनरुफ, स्पेयर टायर तथा लेभल २ एडास उपलब्ध छन्, जसले आराम, व्यावहारिकता र उन्नत सुरक्षा प्रविधिको संयोजन सुनिश्चित गर्नुका साथै दुवै मोडलले २८८ एनएम टर्क प्रदान गर्ने भएकाले सहज तथा प्रतिक्रियाशील प्रदर्शनका साथै आत्मविश्वासपूर्ण ड्राइभिङ अनुभव प्रदान गर्छन्।
जेकु जे ५ र जेकु जे ५ प्रो बीचको तुलना
जेकु जे ५ प्रो र जेकु जे ५ बीच तुलना गर्दा,जे ५ प्रो को अफर मूल्य रु.४७.९९ लाख छ भने जे ५ को मूल्य रु.५४.९९ लाख रहेको बताइएको छ । जे ५ प्रोमा ५०.७ किलोवाट आवर ब्याट्री र ४०५ किमी एनइडीसि रेन्ज छ भने जे ५ मा ५८.९ किलोवाट आवर ब्याट्री र ४६१ किमी एनडीसि रेन्ज उपलब्ध छ । दुवै मोडलमा २८८ एनएम टर्क,१८५ मिमि ग्राउन्ड क्लियरेन्स,लेभल २ एडास,प्यानोरोमिक मुनरुफ,स्पेयर टायर र ४८० लिटर बुट स्पेस समान रुपमा उपलब्ध छन् ।
समान २८८ एनएम टर्क, १८५ मिमि ग्राउन्ड क्लियरेन्स,लेभल २ एडास, प्यानोरामिक मुनरुफ, स्पेयर टायर र ४८० लिटर बुट स्पेस सहित जेकु जे ५ प्रोले जेकु जे ५ का मुख्य विशेषताहरूलाई निरन्तरता दिएको कम्पनीको दाबी छ। यसमा तुलनात्मक रूपमा सानो ब्याट्री तथा छोटो रेन्ज भए पनि निकै आकर्षक तथा पहुँचयोग्य मूल्यमा उपलब्ध गराइएको जनाइएको छ।
रु.५४.९९ लाख मूल्यको जेकु जे ५ मा ठूलो ५८.९ किलोवाट–आवर ब्याट्री रहेको छ, जसले दाबी गरिएको ४६१ किमी एनईडीसी रेन्ज प्रदान गर्नुुका साथै यसले थप ड्राइभिङ रेन्जलाई प्राथमिकता दिने ग्राहकका लागि उपयुक्त विकल्प प्रस्तुत गर्ने बताइएको छ।
रु.४७.९९ लाख मा जेकु जे ५ प्रोको आगमनसँगै नेपालमा बढ्दो इलेक्ट्रिक एसयुभी बजारमा जेकुको उपस्थिति अझ सुदृढ हुने अपेक्षा गरिएको छ। जेकु जे ५ प्रोले ग्राहकलाई उत्कृष्ट श्रेणीका सुविधाहरूमा सम्झौता नगरी आफ्नो आवश्यकता, बजेट र ड्राइभिङ रेन्जको प्राथमिकताअनुसार थप विकल्प छनोट गर्ने अवसर प्रदान गर्ने जनाइएको छ।
सम्बन्धित समाचार
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
