२०८३ भदौं २१ गते आइतबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
मेष राशि-
विद्युतीय उपकरणको कारोबार तथा प्रयोगमा सावधानी अपनाउनुहोला। ज्ञान आर्जन हुने समय छ। दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय विशेष शुभ रहनेछ। आज तामाको कलशलाई धोएर/टोकेर दर्शन गरी दिनको सुरुवात गर्नुहोला।
वृष राशि-
सामाजिक तथा राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। आम्दानी बढ्नेछ भने कारोबारमा सामान्य झमेला हुनसक्छ। मन प्रसन्न रहनेछ। आज गाईलाई गुलियो खानेकुरा खुवाएर दिनको शुभारम्भ गर्नुहोला।
मिथुन राशि-
यात्राको अवसर प्राप्त हुनेछ। धार्मिक कार्यमा मन जानेछ। बिहान १२ बजेसम्मको समय अनुकूल छ। आकस्मिक धन लाभको योग छ। आज पुस्तक दान गरेमा दिन शुभ हुनेछ।
कर्कट राशि-
स्वास्थ्यमा सामान्य गडबडी हुनसक्छ। काममा भने सफलता मिल्नेछ। सन्तान सुख प्राप्त हुनेछ। कृषि तथा पशुपालनबाट लाभ मिल्नेछ। आज चाँदीको गहना लगाउनाले शुभ फल प्राप्त हुनेछ।
सिंह राशि-
पुराना मित्रसँग भेटघाटको अवसर जुर्नेछ। दिउँसो १ बजेदेखि २ बजेसम्म शुभ काम नगर्नुहोला। दाम्पत्य जीवनमा सुख रहनेछ। आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर दिनको शुभारम्भ गर्दा शुभ हुनेछ।
कन्या राशि-
धर्मप्रति आस्था बढ्नेछ। मिष्ठान्न भोजन प्राप्त हुनेछ। घरायसी समस्याले साँझतिर अलि निराशा छाउन सक्छ। खानपानमा विशेष ध्यान दिनुहोला, स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ।
तुला राशि-
दम्पतीबिच विवाद बढ्नसक्छ। कार्यक्षेत्रमा भने लाभ मिल्नेछ। केही धन क्षति हुने र घमण्ड बढ्ने योग भएकाले बोलीमा संयम अपनाउनुहोला। कालो वस्तुको प्रयोग कम गर्नुहोला।
वृश्चिक राशि-
नेतृत्व लिने अवसर प्राप्त हुनेछ। दिन शुभ छ। आज नयाँ कार्यको सुरुवात वा योजना बनाउन सकिनेछ। साझेदारीको कामबाट लाभ हुनेछ। आज हरियो वस्तुको प्रयोग गर्नु शुभ रहनेछ।
धनु राशि-
पारिवारिक झमेला बढ्न सक्छ। मन केही उदास हुनेछ। गीतसङ्गीत र साहित्यमा रुचि बढ्नेछ। पितृहरूको सेवा गर्ने अवसर मिल्नेछ। आज हनुमान चालीसा पाठ गरेर दिनको सुरुवात गर्नुहोला।
मकर राशि-
मानसिक तनाव बढ्न सक्छ। साँझपखको समय भने शुभ छ। आफन्तबाट लाभ मिल्नेछ। काममा केही झञ्झट हुनसक्छ। आज आदित्य हृदय स्तोत्रको पाठ गरेर दिनको शुभारम्भ गर्दा शुभ हुनेछ।
कुम्भ राशि-
व्यापार तथा नोकरीमा प्रगति हुनेछ। प्रेम सम्बन्धमा निकटता आउनेछ। परिवारमा भने वैचारिक मतभेद रहन सक्छ। आज गुड (गुँड/सखर) दान गरेर दिनको शुभारम्भ गर्नुहोला। रातो वस्तुको प्रयोग नगर्नुहोला।
मीन राशि-
मन शान्त रहनेछ। आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ। व्यापार-व्यवसायमा सफलता मिल्नेछ। आज ब्राह्मण वा कन्यालाई भोजन गराउनाले दिन शुभ रहनेछ।
सम्बन्धित समाचार
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
आज गौरा सप्तमी, शिव–पार्वतीको पूजा गरी मनाइँदै
२०८३ भदौं १७ गते बुधबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
आज मङ्गलचौथी, गणेशको पूजा–आराधना गरी मनाइँदै
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग
२०८३ भदौं १५ गते सोमबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

