२०८३ भदौं २१ गते आइतबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
मेष राशि-
विद्युतीय उपकरणको कारोबार तथा प्रयोगमा सावधानी अपनाउनुहोला। ज्ञान आर्जन हुने समय छ। दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय विशेष शुभ रहनेछ। आज तामाको कलशलाई धोएर/टोकेर दर्शन गरी दिनको सुरुवात गर्नुहोला।
वृष राशि-
सामाजिक तथा राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। आम्दानी बढ्नेछ भने कारोबारमा सामान्य झमेला हुनसक्छ। मन प्रसन्न रहनेछ। आज गाईलाई गुलियो खानेकुरा खुवाएर दिनको शुभारम्भ गर्नुहोला।
मिथुन राशि-
यात्राको अवसर प्राप्त हुनेछ। धार्मिक कार्यमा मन जानेछ। बिहान १२ बजेसम्मको समय अनुकूल छ। आकस्मिक धन लाभको योग छ। आज पुस्तक दान गरेमा दिन शुभ हुनेछ।
कर्कट राशि-
स्वास्थ्यमा सामान्य गडबडी हुनसक्छ। काममा भने सफलता मिल्नेछ। सन्तान सुख प्राप्त हुनेछ। कृषि तथा पशुपालनबाट लाभ मिल्नेछ। आज चाँदीको गहना लगाउनाले शुभ फल प्राप्त हुनेछ।
सिंह राशि-
पुराना मित्रसँग भेटघाटको अवसर जुर्नेछ। दिउँसो १ बजेदेखि २ बजेसम्म शुभ काम नगर्नुहोला। दाम्पत्य जीवनमा सुख रहनेछ। आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर दिनको शुभारम्भ गर्दा शुभ हुनेछ।
कन्या राशि-
धर्मप्रति आस्था बढ्नेछ। मिष्ठान्न भोजन प्राप्त हुनेछ। घरायसी समस्याले साँझतिर अलि निराशा छाउन सक्छ। खानपानमा विशेष ध्यान दिनुहोला, स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ।
तुला राशि-
दम्पतीबिच विवाद बढ्नसक्छ। कार्यक्षेत्रमा भने लाभ मिल्नेछ। केही धन क्षति हुने र घमण्ड बढ्ने योग भएकाले बोलीमा संयम अपनाउनुहोला। कालो वस्तुको प्रयोग कम गर्नुहोला।
वृश्चिक राशि-
नेतृत्व लिने अवसर प्राप्त हुनेछ। दिन शुभ छ। आज नयाँ कार्यको सुरुवात वा योजना बनाउन सकिनेछ। साझेदारीको कामबाट लाभ हुनेछ। आज हरियो वस्तुको प्रयोग गर्नु शुभ रहनेछ।
धनु राशि-
पारिवारिक झमेला बढ्न सक्छ। मन केही उदास हुनेछ। गीतसङ्गीत र साहित्यमा रुचि बढ्नेछ। पितृहरूको सेवा गर्ने अवसर मिल्नेछ। आज हनुमान चालीसा पाठ गरेर दिनको सुरुवात गर्नुहोला।
मकर राशि-
मानसिक तनाव बढ्न सक्छ। साँझपखको समय भने शुभ छ। आफन्तबाट लाभ मिल्नेछ। काममा केही झञ्झट हुनसक्छ। आज आदित्य हृदय स्तोत्रको पाठ गरेर दिनको शुभारम्भ गर्दा शुभ हुनेछ।
कुम्भ राशि-
व्यापार तथा नोकरीमा प्रगति हुनेछ। प्रेम सम्बन्धमा निकटता आउनेछ। परिवारमा भने वैचारिक मतभेद रहन सक्छ। आज गुड (गुँड/सखर) दान गरेर दिनको शुभारम्भ गर्नुहोला। रातो वस्तुको प्रयोग नगर्नुहोला।
मीन राशि-
मन शान्त रहनेछ। आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ। व्यापार-व्यवसायमा सफलता मिल्नेछ। आज ब्राह्मण वा कन्यालाई भोजन गराउनाले दिन शुभ रहनेछ।
सम्बन्धित समाचार
२०८३ असोज २४ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १८ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
