Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

पाँच सामाजिक चुनौतीमा युवाको खोजी,किङ्स कलेजको इम्प्याक्ट वीकमा १०८ सहभागी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, भाद्र, २१
पाँच सामाजिक चुनौतीमा युवाको खोजी,किङ्स कलेजको इम्प्याक्ट वीकमा १०८ सहभागी

काठमाडौँ । किङ्स कलेजले बबरमहलस्थित क्याम्पसमा अन्तराष्ट्रिय कोचिङ नेटवर्कसहित “इम्प्याक्ट वीक २०२६” आयोजना गरेको छ । अगस्ट ३१ देखि सेप्टेम्बर ३ सम्म सञ्चालन भएको मुख्य कार्यक्रममा नेपालका विभिन्न जिल्लाबाट आएका १०८ सहभागी र पाँच देशका ३६ जना कोच सहभागी भएका जनाइएको छ।

कार्यक्रममा स्मार्ट मोबिलिट,नेपालमा बसाइँसराइ,स्वतन्त्र जीवनयापन,दिगो ऊर्जा तथा स्वास्थ्य र सुस्वास्थ्य गरी पाँच विषयगत क्षेत्रमा सहभागीहरुले समूह बनाएर काम गरेका बताइएको छ । कलेजका अनुसार,डिजाइन थिंकिङमा आधारित कार्यक्रममा वास्तविक समस्या पहिचानदेखि सम्भावित समाधान विकास,प्रारम्भिक प्रोटोटाइप निर्माण र सम्बन्धित समुदायसँग परीक्षासम्मका गतिविधि समेटिएका थिए।

कार्यक्रमलाई तीन तहको कोचिङ मोडलमार्फत अघि बढाइएको जनाइएको छ। जर्मनीका एक लिड कोच,जर्मनी,नेपाल,भारत र अमेरिकाका पाँच सिनियर कोच तथा नेपाल,जर्मनी र बुल्गेरियाका ३० जुनियर कोचले सहभागीहरुलाई मार्गदर्शन गरेका बताइएको छ । कलेजका अनुसार,मुख्य कार्यक्रमअघि अगस्ट २६ देखि २८ सम्म जुनियर कोचका लागि प्रशिक्षक प्रशिक्षणसमेत सञ्चालन गरिएको थियो।

हेटौँडा,मोरङ,वीरगञ्ज,लुम्बिनी लगायत नेपालका विभिन्न जिल्लाबाट सहभागीहरु काठमाडौँ आएका थिए भने कलेजका अनुसार कार्यक्रमले काठमाडौँ उपत्यकाबाहिर पनि इम्प्याक्ट वीकको पहुँच विस्तार गर्ने प्रयासलाई निरन्तरता दिएको जनाइएको छ।

“इम्प्याक्ट वीकले सबै पृष्ठभूमि र संस्कृतिका मानिसहरूलाई एकसाथ ल्याउँछ र समानुभूति, सहकार्य र डिजाइन थिङ्किङ अपनाउने साझा लक्ष्यहरूमार्फत उनीहरूलाई एकताबद्ध गर्छ। हामी सबै सिक्न, सिर्जना गर्न र जोडिन इच्छुक भएर आउँछौँस र आफ्नो, एकअर्काको र समुदायको लागि दिगो प्रभाव छोडेर जान्छौँ।” — एकलिसा फोरेज, सिनियर लिड, संयुक्त राज्य अमेरिका, स्वास्थ्य र सुस्वास्थ्य ट्र्याक

“काठमाडौंको इम्प्याक्ट वीक सिकाइ, सिर्जनशीलता, नवप्रवर्तन र रमाइलोको एक प्रेरणादायी संगम थियो। डिजाइन थिङ्किङमार्फत, यसले नवप्रवर्तनलाई नेपाल र बाहिरका वास्तविक–विश्व चुनौतीहरूसँग जोड्यो। किङ्स कलेजको जीवन्त वातावरण र उत्कृष्ट व्यवस्थापनले यसलाई एक सम्झनायोग्य र समृद्ध अनुभव बनायो।” — नदीम, सिनियर लिड, भारत, स्वतन्त्र जीवनयापन ट्र्याक

किङ्स कलेजले सन् २०१९ मा नेपालमा सुरु गरेको इम्प्याक्ट वीकलाई यस वर्ष अझ व्यापक बनाउँदै देशभरका युवालाई अन्तराष्ट्रिय कोच तथा मार्गदर्शकसँग सहकार्य गर्ने अवसर प्रदान गरेको जनाएको छ । कार्यक्रमको उद्धेश्य सहभागीमा समानुभूति,सहकार्य,सिर्जनशीलता र वास्तविक सामाजिक समस्या समाधान गर्ने क्षमता विकास गर्नु रहेको कलेजले बताएको छ।

Top Changing Nepal

युट्युब सट्स