स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आइतबार देखि एकीकृत वित्तीय कारोबार सुरु गरेको छ । काठमाडौमा आयोजित एक समारोहका बीच स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष ज्ञानेन्द्र प्रसाद पाण्डे तथा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका कार्यवाहक अध्यक्ष कुमार राज जोशीले संयुक्त रूपमा उक्त एकीकृत कारोबारको शुभारम्भ गरेका जनाइएको छ ।
एकीकृत कारोबारसँगै संस्थाको शाखा सञ्जाल, सदस्य संख्या, कर्जा तथा बचत कारोबारलाई एउटै संस्थामार्फत सञ्चालन गरिनेछ भने यसबाट संस्थाको वित्तीय क्षमता तथा सञ्चालन दक्षता थप मजबुत हुने अपेक्षा गरिएको बताइएको छ ।
संस्थाका अनुसार एकीकृत कारोबार अघि स्वरोजगार लघुवित्तको चुक्ता पुँजी करिब रु. ८९ करोड ५६ लाख र विन नेपाल लघुवित्तको चुक्ता पुँजी करिब रु. ८ करोड ४३ लाख रहेको थियो भने दुवै संस्थाको एकीकरणपछि चुक्ता पुँजी करिब रु. ९७ करोड ९९ लाख पुगेको छ ।
त्यस्तै, एकीकृत कारोबारपछि कुल शाखा संख्या ११२, सक्रिय सदस्य संख्या १ लाख ३२ हजारभन्दा बढी तथा कर्मचारी संख्या करिब ६१९ पुग्नुका साथै एकीकृत संस्थाको कुल कर्जा लगानी करिब रु. ११ अर्ब ७१ करोड र कुल बचत करिब रु. ५ अर्ब ८८ करोड पुगेको जनाइएको छ ।
लघुवित्त क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच दुई संस्थाको एकीकरणले संस्थाको पूँजीगत आधार, पहुँच र सञ्चालन क्षमता विस्तार गर्नुका साथै ग्रामीण तथा विपन्न वर्गमा वित्तीय सेवा थप प्रभावकारी रूपमा पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको बताइएको छ । एकीकृत कारोबार शुभारम्भसँगै स्वरोजगार लघुवित्तले थप सबल वित्तीय संस्थाका रूपमा अघि बढ्दै आफ्ना सदस्य तथा सेवाग्राहीलाई गुणस्तरीय, सहज र पहुँचयोग्य वित्तीय सेवा प्रदान गर्ने लक्ष्य लिएको संस्थाको दाबी छ ।
सम्बन्धित समाचार
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
